• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 01:07 am

दश दिन खच्चडमा ढुवानी, नुन किलोको १ सय ५० 

गोरखा । गोरखा भन्ने वित्तिकै आँवुखैरेनी, तुरतुरे वा बेनिघाट पारी हो भन्ने धारणा अधिकाँशमा छ । नेपालको चौँथो ठूलो जिल्ला रहेको गोरखा जिल्लामा तराइ, पहाड र हिमाल तिनै प्रकारका हावापानी पाइन्छ ।

गोरखा जिल्लामा एक किलोग्राम नुनको रु १५० र चामलको २०० रुपैयाँ पर्छ भन्दा जो कोही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि झण्डै १० दिनसम्म खच्चडमा बोकेर पुर्याउनुपर्ने बस्तिहरुमा रहेको मूल्य यही नै हो । बजारमा विभिन्न थरिका चामल पाइन्छन तर थरी थरी मूल्यका । माथिल्लो क्षेत्रमा २०० पर्ने चामल सदरमुकाममा ६० रुपैयाँ प्रतिकिलो पाइन्छ ।

दुवानी खर्चका कारण समान महङ्गो 

गोरखा जिल्लाको अन्तराष्ट्रिय सीमा नजिक रहेको अन्तिम मानववस्ति भएको लार्के  बजारमा हाल रहेको मूल्यसूची यही नै रहेको छ । कोरोना भाइरसका कारण सिमा नाका बन्द भएपछि रुइला नाकाबाट कुनै पनि सामान आउन सकेको छैन । गोरखा सदरमुकामदेखि दुवानी गर्दा महङ्गो पर्न गएको  चुमनुब्री गाउँपालिका वडा नम्वर १ का वडा सदस्य समेत रहेका साम्दोका  निमा लामा बताउँछन् ।

रुइला नाकाबाट समान ल्याउन एक दिन मात्रै लाग्छ तर गोरखा सदरमुकामबाट साम्दो, लार्केमा समान पुर्याउन ८ देखि १० दिन लाग्ने गरेको खच्चड व्यावसायी कान्छा गुरुङको भनाइ छ । भीरको बाटो जोखिम सहेर हिँड्नुपर्छ । माथिबाट ढुँङ्गा झरिरहन्छ । हिउँ पर्दा र वर्षातको समयमा हिँड्न सक्ने अवस्था हुँदैन, उनले भने ।

समान ल्याउन मनाङबाट सजिलो

गोरखा सरदमुकामबाट समान ढुवानी गर्दा धेरै दिन  लाग्ने र महँगो पर्ने भएपछि मनाङको धारपानी भीमताङ हुँदै दैनिक उपभोग्य बस्तु ल्याउने गरेको साम्दोका ग्याल्जेन घ्युर्मे लामा बताउँछन् । धारापानी देखि केही माथि सम्म गाडिले ल्याउँछ त्यसपछि खच्चडमा बोकाएर ल्याउँदा दुइ दिनमा साम्दो पुग्ने गरेको उनले बताए ।

तल चल्ने खच्चडहरु माथिल्लो क्षेत्रमा राम्ररी भारी बोक्न पनि कठिनाइ हुने भएकाले भीमताङ, धर्मशाला हुँदै समान ल्याएको उनको भनाइ छ । गाउँलेहरुले हिउँदभरीका लागि चाहिने समान एकैपटक ल्याउने गरेको उनको भनाइ छ । यस पटक पर्यटकहरुको आवागमन नभएका कारण अघिल्लो साल जसरी धेरै समान नआएको उनले बताए ।

सरकारले दिने खाद्यन्न माथिल्लो क्षेत्र पुग्दैन 

उत्तरी क्षेत्रका नागरिकहरुका लागि खाद्यन्न वितरण गर्न भनेर जिल्ला सदरमुकाम , माछाखोला र सिर्दिवासमा डिपो राखिएको छ । सिर्दिवासमा राखिएको डिपोबाट उत्तरका साविक ७ गाविसमा खाद्यन्न र नुन पुर्याउनुपर्ने भएपनि कोटा प्रणालि भएका कारण माथि नपुग्दै तल्लो क्षेत्रमा नै सकिने गरेको स्थानीयहरुको गुनासो छ । सिर्दिवास माथि साम्दो सम्म केन्द्र पर्ने गरी एउटा खाद्यन्न डिपो सञ्चालनमा ल्याउने उनीहरुले पटक पटक माग गर्दै आएका छन् । डिपो सञ्चालन भएपछि सरकारले नुन र चामलका लागि दुवानी अनुदान दिने गर्दछ । सरकारी अनुदानको चामल र नुन प्रोक, ल्हो , सामागाउँ सम्म नपुगेको स्थानीय गाउँलेहरुको भनाइ रहँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजा महेन्द्रले दरबारजत्तिकै मन पराएको रुम्जाटार

  • १५ मङ्सिर, २०७७

चर्चा नम्बर–१ रुम्जाटार । नेपाली जनजिब्रोले उच्चारण गरिरहने ठाउँ । रुम्जाटार नपुग्नेले समेत रुम्जाटारको उच्चारण गरिरहेकै हुन्छन् । ‘घुमिफिरी

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त ...

  • १४ मङ्सिर, २०७७

काठमाडौँ ।   चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १००

दिक्कालजयी म्यारोडना : 'हेन्ड अफ गड र गोल अफ सेन्चुरी'

  • ११ मङ्सिर, २०७७

अद्‍भुत, बदनाम, असाधारण, जिनियस र रिसालु स्वभाव । डिएगो अरमान्डो म्याराडोना । फुटबलका यस्ता महानायक थिए, जसमा केही कमजोरी पनि थिए । फुटबलका सबैभन्दा