• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रधानमन्त्रीबाट २ पटक आफैं राजिनामा दिने, तेश्रो पटक बन्न अस्वीकार गर्ने म कसरी कुर्सीको खेलमा लागें ? -प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा भित्रको अहिलेको बहस कुर्सीका लागि नभएको प्रष्ट पारेका छन् । जाती, भाषा, धर्म, संस्कृती र पहिचानका पक्षमा उनिरहने अभियानहरुसँग समेत नेकपा भित्रको अहिलेको बहसको साईनो रहेको अध्यक्ष प्रचण्डले बताए । 

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधनको दोश्रो स्मृति दिवसका सन्दर्भमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालले आज साँझ गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले विगतका सवै न्यायपूर्ण आन्दोलनहरु सम्बोधन राज्यले गर्ने कि नगर्ने भन्ने विषय समेत नेकपाको यो बहसमा जोडिएको बताए । 

विभिन्न जाती, समुदाय, भाषा वा पहिचान भनेपछि एकाथरि मानिसहरुले सुन्नै नचाहने अवस्था हरेक राजनीतिक दल र सरकारमा समेत विद्यमान रहेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले यो अवस्थाको अन्त्य गर्नका लागि आफू जिवनपर्यन्त लागिरहने बताए । 

'हिजोका विषेशगरि आदिवासी जनजाती र भाषा संस्कृती तथा अधिकारका मुद्दाहरु ओझेलमा पर्न खोजेको हो कि ? भन्ने अवस्थामा सृजना भएको छ । पहिचान भन्ने शव्द त्यति धेरै मन नपराउने, उत्पिडित वर्ष जाती, समावेशीता र समावेशी भनेपछि त्यतिधेरै मन नपराउने शक्ति अहिलेपनि विभिन्न पार्टी र सरकारमा पनि रहेको छ । जनयुद्धमार्फत हामीले यो पक्षमा उठाउदै आएका विषयहरु संविधानसभामा तत्कालिन पार्टीको अध्यक्षको हैसियतले मैले राखेको रिर्जभेशनको रुपमा छ, अध्यक्ष प्रचण्डले भने,यो आन्दोलनको नेतृत्व गरेको नाताले पनि म के भन्छु भने जस्तो सोचेको त्यस्तो भएको छैन । तर केही पनि भएन भन्ने होईन । अहिलेको स्थितिबाट म आफैं पनि सन्तुस्ट भएको छैन ।' 

अध्यक्ष प्रचण्डले सवै पार्टी र नेताहरुलाई एउटै हो भनि हेरियो भने गलत हुने तर्क गर्दै प्रचण्डले भने, 'मेरो तपाईहरुको भावना र पहिचानको आन्दोलनसँग लगाव रहिरहन्छ । मेरो लगाव मधेश, आदिवासी जनजाती, उत्पिडित समुदायसँग राजनीतिक नेतृत्वको हिसावले निकट सम्बन्ध रहन्छ नै ।' 

अध्यक्ष प्रचण्डले मानवअधिकारवादी नेता तुलाधरलाई आफूले अविभावकका रुपमा लिएको स्मरण गरे । 'मलाई पटक पटक भूमिगत हुंदा भेटेर देशलाई शान्ति संविधानसभामा जान प्रेरणा दिनुभएको थियो । उहाँले जिवनको अन्तिम क्षण सम्म खेलेको भूमिकाका कारण पनि म  उहाँलाई अविभावकको रुपमा लिने गर्दछु,' अध्यक्ष प्रचण्डले भने । 

आफूलाई पदका लागि, कुर्सीका लागि लागेको भन्नेहरुप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । 'पहिलो पटक प्रधानमन्त्री भएका बेला उत्पन्न राजनीतिक अवस्थाका कारण राजिनामा दिएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, गिरिजाबाबुले नछोड भन्दाभन्दै पहिलो पटक प्रधानमन्त्री छोडोको हुं, दोश्रो पटक शेरबहादुरलाई सजिलै प्रधानमन्त्री  छोडेको छु । तेश्रो पटक पनि चाहेको भए नेकपा गठनगर्नुअघि सजिलै प्रधानमन्त्री हुने अवस्था थियो, तर मैले चुनावका बेला व्यक्त गरेको प्रतिवद्धताबाट पछि हट्नु हुदैन भनेर प्रधानमन्त्री त्यागेको हुं । यस्तो अवस्थालाई हुंदाहुंदै सवै उस्तै हुन् भनियो भने सकारात्मक कुराको शुरुवात कहाँबाट हुन्छ त ?' प्रचण्डको प्रश्न छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर