गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

विराटनगर ।  गण्डकी प्रदेशमा आज २०५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ४९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

आज थपिनेमा सबै भन्दा बढी कास्की जिल्लाका ११० जना छन् । त्यस्तै नवलपरासी(पूर्व)का ३६, मुस्ताङका १३, गोरखा र लम्जुङका १४–४ जना छन् भने बाग्लुङका नौजना, तनहुँका छजना र पर्वतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर