हुम्लामा भारी हिमपात, सिमकोटमा माईनस ८ डिग्री 

सर्खेत । हुम्लामा आइतवार राति देखि भारी हिमपात सुरु भए सँगै  जिल्लाको जनजीवन कष्टकर भएको  छ । नियमित हुने कामहरु प्नि स्थानीयरुपमा प्रभावित भएको स्थानीयले बताएका छन् । 

हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । उतरी नाम्खागाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँजमेको नाम्खा गाउँपालिका वडा ६का वडाअध्यक्ष पाल्जोेर तामाङले समचार दैनिकलाई  बताए । हिमपातका कारण अहिले हुम्ला सिमकोटको  तापक्रम ८ डिग्री माइनसमा झरेको उनको भनाई छ ।

आइतबार राती देखि परेको हिंमपातले गर्दा हुम्लाको सिमकोट, मुगुको ताल्चा, लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवाबन्द भएको विमानस्थल श्रोतले बताएको छ । हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदा समस्या भएको छ ।

हिमपातकै कारण हुम्ला जिल्लाको  उत्तरी नाम्खा गाउँपालिकामा गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले सतर्क रहनको लागि सबै स्थानीयहरुलाई प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले  आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर