• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यस्तो देखियो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको भाइटिका [फोटोफिचर]

काठमाडौं । पाँच वर्षपछिको सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजा तथा दर्शन गर्न र भाइटीका लगाएका छन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै मन्दिरको दर्शन, पूजा र भाइटीका लगाउन सर्वसाधारणहरु रानीपोखरी पुुगेका थिए ।  दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाको दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । 
वि.सं. २०७२ सालको गोरखा भूकम्पबाट क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माणपछि पहिलोपटक खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटिकाकै दिन खुल्छ । बालगोपालेश्वरमा पुगेर टिका लगाउन पाएपछि सर्वसाधारण खुसी देखिएका थिए । काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हो ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर