• बुधबार ८-१७-२०७७/Wednesday 12-02-2020/ 05:11 am

संखुवासभाको चैनपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, मानवीय क्षति भएन

फाइल फाेटाे

किमाथाङ्का, । सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।
 प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि  जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए । 
 प्रहरी परिचालन 
 त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र  र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए। घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको  र  अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए । 
रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भरपर्दो बिजुलीको पहुँचमा रोल्पा

  • १६ मङ्सिर, २०७७

काठमाडौँ । रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३र११ केभी

तनहुँमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

  • १६ मङ्सिर, २०७७

तनहुँ।  कोरोना कहरका कारण बन्द भएका तनहुँका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । छाब्दी बाराही र तनहुँ कालिका यहाँका

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः थापा

  • १६ मङ्सिर, २०७७

काठमाडौंँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।  पार्टी केन्द्रीय