कलाकार बोगटीको निधन 

ललितपुर । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । 

उनलाई टिकाथलीमा रुख काट्ने क्रममा बिजुलीको पोल ढलेर लागेपछि उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

अहिले उनको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनकी छोरी अष्ट्रेलियाबाट आएपछि दाहसंस्कार गरिने जनाइएको छ । दर्जनौ चलचित्रमा अभिनय गरेका बोगटीले स्वाभिमान र माया गर चलचित्र निर्माण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर