• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको पक्षमा जीवनको अन्तिमसम्म लड्छु : पूर्व सभामुख महरा

मंसिर । पूर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराले राष्ट्रिय एकता र स्वाधिनतामा गंम्भिर संकट देखा परेको बताउँदै आफू राष्ट्रिय स्वाधिनता राष्ट्रिय एकताको पक्षमा जीवनको अन्तिमसम्म लडि रहने प्रतिवद्धता व्यक्त  गरेका छन् ।  उनले  भनेः–“नेपालमा राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकतामा गम्भीर संकट परेको छ म विगतदेखि वार्ता र सम्वादको माध्यमबाट अगाडि बढेकोले गर्दा यसलाई अगाडि बढाउनका लागि म निरन्तर लाग्नेछु, जनताको अपेक्षा र आशालाई मर्न दिदैन, एकताको लागि पहल गर्नेछु ।”

यस्तो कुरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला संगठन समिति रोल्पाले आफ्नो जीवनी संगीनी स्व. सीता महाराको श्रद्धाञ्जली सभामामा बोल्दै रोल्पाको लिबाङमा बताएका हुन् ।  उनले राष्ट्रिय राजनीति र विभिन्न पार्टीमा राजनीति पार्टी भित्र देखा परेको आन्तरिक मतभेदलाई जनता र देशको पक्षमा रहेर रुपान्तरतरणसहितको एकता आवश्यक रहेको बताए । 

उनले आफ्नो जीवनसंगीनी सितामहराले जीवनका हरेक दुखमा पनि साथ दिएर जनयुद्ध र आफ्नो राजनीतिक जीवनलाई सहज बनाएको स्मरण गर्दै  भनेः–“जीवनका हरेक सुख दुखमा सााथ दिनुभयो, जनयुद्धको समयमा पनि आफूले पनि आन्दोलनमा सहभागी हुनुभयो, जनयुद्धका एक अभिभावकको रुपमा बुझन्भएको छ सबैलाई धन्यवाद छ ।” उनले सधै रोल्पालीहरु र भोका निमुखा जनताको अभिभावकत्व गरि रहुनुपर्ने बताए । 

उनले श्रद्धाञ्जली सभामा आफ्नो जीवन संगीनीको योगदानलाई सम्मान स्वरुप सीता महरा फाउण्डेशन निर्माणको लागि १ लाख २५ हजार, आफ्नो छिमेको विद्यालय तारा मा.वि. बामरुकमा १ लाखको अक्षयकोष निर्माण, आफ्नो आफूहरुले निर्माण मन्दिरको तल्लो तलामा रहेको हललाई सीता महरा हल नामाकरण, दाउराघास जादा भारी विसाउने स्थानमा विसौनी निर्माण गरिने बताए । 

महाराले आफूलाई पीडा परेको बेला चिनिया कम्युनिष्ट पार्टीले औपचारिक रुपमा पत्र पठाई दुख व्यक्त गरेकोले आफ्नो पीडा अन्तराष्ट्रिय करण भएको बताए  । साथै नेपाका विभिन्न विशिष्ट व्यक्तिहरुले सम्वेदना पत्र, फोन गरी दुख व्यक्त गरेकोमा सबैलाई धन्यवाद व्यक्त  गरे । 

यस्तै कार्यक्रममा पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीमगरले जनयुद्धका एक अभिभावक आमा गुमाएको बताउँदै सीता महराले समाज, देश र परिवारका लागि नमूना योग्य काम गरी अगाडि बढेको बताए । घर्तीमगरले सीता महराले क्रान्तिकारीकारी महिलाहरुलाई सधै हौसला प्रदान गरी रहेको बताउँदै आफूहरुले सधै सम्झिरहने बताउए । 

शोकसभामा बोल्दै वर्तमानमा नेकपा भित्र विचारको बहस भइरहेकोले त्यसलाई रुपान्तरणसहितको एकता आवश्यक रहेको अध्यक्ष प्रचण्डले पेश गरेको दस्तावेज परिवर्तनलाई संस्थागत गर्नका लागि नै भएकोले परिवर्तन र जनयुद्धलाई न्यूनिरकण गर्ने कुरा स्वीकार नहुने बताए । उनले परिवर्तनको र जनताको मुद्धमा प्रचण्डले जतिको नेतृत्व अरुबाट सोच्न नसकिनने बताए  । तर, पार्टी विभाजन हुन नदिने त्यसमा नेतृत्वलेहरुले बहस गरिरहेको बताए । 

उनले पूवं सभामुख एवं आफूहरुको शैक्षिक तथा राजनीति गुरुका रुपमा रहेको बताउँदै राजनीतिक रुपमा अभैm अभिभावकत्व गर्ने भूमिकाप्रति कमि आउनेछैन भन्ने शुभकामना व्यक्त  गरे । 

यस्तै श्रद्धाञ्जली सभामा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सीता महरा ग्रामीणक्षेत्रबाट राजीतिक रुपमा सुझवुझ भएको नमूना महिला नेतृ भएको बताए । उनले सीता महराले नेपाली जनयुद्धमा ठूलो योगदान रहेको बताउँदै त्यसका लागि यो सम्मान पार्टीले नै गर्नुपर्ने बताए । उनले कृष्णबहादुर महराले अझै देश र जनताको सपना पूरा गर्नुपर्ने आवश्यक रहेको बताउँदै 
 भनेः–“महरा सरको राष्ट्रिय राजनीतिमा अति आवश्यक रहेकोले त्यसको जिम्मेवारी निर्वाह गर्नुपर्दछ, त्यसका लागि हामी उहाँले निर्देेशन गरेको वाटोमा लाग्नेछौँ” ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभासदस्यद्वय दीपेन्द्रकुमार पुनमगर, तुलाराम घर्तीमगर, बाग्मती प्रदेश सभा सदस्य लालकुमारी पुनमगर, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगर, प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगर लगायत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, लगायत जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, पार्टी कार्यकर्ता, स्थानीयको सहभागीतामा रहेको थियो ।

स्वगीय  सीता महाराको वि.स. २०१८ साल साउन १३ गते शुक्रवारका दिन बुवा मुक्तबहादुर थापा र आमा खिमदेवी थापाको कोखबाट रोल्पाको गजुल धौलीगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनु भएको थियो । नि वर्तमान सभामुख तथा प्रतिनिधि सभा सदस्य क.कृष्णबहादुर महारासंग २०३५ सालमा विवाह भएको थियो । उहाँकोदुई छोरा र दुई छोरी रहकोका छन् ।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरै पटक शारिरिक, मानसिक रुपमा यातना दिनुका साथै केही दिन हिरासतमा पनि राखेको थियो । २०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा गिरिफ्तार गर्न भनेपछि उनी प्रहरीको घेरामा घरभित्र थुनिएरका छोरा छोरी पनि घर पछाडीको ढोकाबाट भागेर बाँच्न सफल भएका थिए ।  । त्यही दिनदेखि घर छाडेर महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए ।
गएको दशैमा पूख्र्याैली घर रोल्पा मेबाङमा रहेको बेलामा स्वास्थ्यमा केही समस्या देखिए पछि उनलाई कात्तिक १३ गते दाङ लगेर गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई निमोनिया र स्वासप्रस्वासमा समस्या देखिए पछि कात्तिक १४ गते शुक्रबार हेलीकप्टरबाट काठमाण्डौ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गते देखि भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा बुघबार विहान ६ः२५ बजे क. सीता महराको निधन भएको हो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर