• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१४४२ नयाँ संक्रमितमध्ये १०३८ काठमाडौं उपत्यकाका 

काठमाडौं । कोरोना ‘कोभिड–१९’ भाइरसको ‘हट–स्पट’को रुपमा बन्दै गएको काठमाडौं उपत्यकामा संक्रमण तीव्र बनेको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ सय ४२ नयाँ संक्रमित फेला पर्दा एक हजार ३८ जना काठमाडौं उपत्यकाबाट रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

बुधबारको प्रेसका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

हालसम्म कूल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या १ हजार २ सय ५९ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर