• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 01:38 am

गण्डकी प्रदेशमा १४० सङ्क्रमित थपिए, चारको मृत्यु

गण्डकी ।  गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ््क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । 

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ७७, नवलपरासी(पूर्व) का २२, बागलुङका ११, गोरखाका १०, तनहुँका नौ, स्याङजाका पाँच, लमजुङका तीन, मुस्ताङका दुई र पर्वतका एक जना छन् । 

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ६८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरौटीमा छुटेका बलात्कारका आरोपी शिक्षक पुनः पक्राउ

  • ८ मङ्सिर, २०७७

डोटी । जिल्ला अदालत डोटीको आदेशपछि धरौटीमा रिहा भएका केआईसिंह गाउँपालिका–४ झिमेमालिकाका शिक्षक सोपीनाथ भट्ट उच्च अदालतको आदेशले पुनः थुनामा परेका

क्रसर उद्योगहरु बन्द गर्न निर्देशन

  • ८ मङ्सिर, २०७७

दाङ । नियम विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरी क्रसर

जुम्लामा सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय

  • ८ मङ्सिर, २०७७

जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख