• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 12:29 am

पिसीआर परीक्षण नगर्दा दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

सिमकोट ।  जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

 कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । 

   नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ । आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ । दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पिसीआर परीक्षणबिनै हुम्ला सदरमुकाम सिमकोट आइपुगेका हुन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कारोनाबाट एकै दिन १६ जनाको मृत्यु 

  • ८ मङ्सिर, २०७७

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट एकै दिन १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको १ हजार ३ सय ३७ पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा १

अर्को महिनाबाट अमेरिकाले कोरोना खोप प्रयोगमा ल्याउने

  • ८ मङ्सिर, २०७७

एजेन्सी । अमेरिकी सरकारको कोरोनाभाइरस खोप समूहका प्रमुखले डिसेम्बर महिनाको मध्यतिर ‘आशातित’ रुपले खोपको पहिलो चरणको डोज दिइने बताएका छन्

कोभिड–१९ उपचारमा रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

  • ७ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी)लाई अमेरिकी औषधि नियामक