• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 01:24 am

पीसीआर परीक्षणविना सिमकोट आएका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

सिमकोट। जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत् सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पीसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पीसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पीसीआर रिपोर्ट माग्दा नदिएपछि पीसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ। आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजिटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ। दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पीसीआर परीक्षणविनै हुम्ला सदरमुकाम सिमकोट आइपुगेका हुन्। रासस 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ३ स्थानीय तहमा १५/१५ शैयाको अस्पतालको शिलान्यास

  • १५ मङ्सिर, २०७७

पाल्पा ।  सरकारले सबै नागरिकको पहुचमा सहज रुपमा स्वास्थ्य सेवाको विस्तार गर्नका लागि आज एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा सरुवा रोग अस्पताल भवनको

सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ

  • १५ मङ्सिर, २०७७

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए

झापामा ४५ जना सहित प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज

  • १५ मङ्सिर, २०७७

झापा  ।  प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५,