• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 01:53 am

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठ पर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्।

सन्देशमा उनले भनेका छन्, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उन्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई सावधानीका साथ पर्व मनाउन हुन अनुरोध गर्दछु।”

उनले छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्‍याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ३ स्थानीय तहमा १५/१५ शैयाको अस्पतालको शिलान्यास

  • १५ मङ्सिर, २०७७

पाल्पा ।  सरकारले सबै नागरिकको पहुचमा सहज रुपमा स्वास्थ्य सेवाको विस्तार गर्नका लागि आज एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा सरुवा रोग अस्पताल भवनको

सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ

  • १५ मङ्सिर, २०७७

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए

झापामा ४५ जना सहित प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज

  • १५ मङ्सिर, २०७७

झापा  ।  प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५,