• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वमा एक नम्बर फुटबलर मेसी मात्रै हुन् -इभान राकिटिच

एजेन्सी । मेसीका पूर्व सहकर्मि,क्रोयसियाका स्टार मिडफिल्डर ईभान राकिटिचले विश्वमा एक नम्बरको फुटबलर लियोनल मेसी मात्रै रहेको अभिव्यक्ति दिएका छन् । गोल डटकमका अनुसार राकिटिचले मेसीसँग धेरै वर्ष संगै खेल्न पाउनु सपना जस्तै भएको समेत अनुभव सुनाए । 

सन् २०१४ मा सेभियाबाट १४ मिलियन युरोमा क्याम्प नोउ आएका राकिटिचले बार्सिलोनाका लागि ३ सय ११ खेल खेलेर ३५ गोल तथा ४२ असिस्ट गरेका थिए । 

राकिटिचको ६ वर्षे बार्सिलोना बसाईका क्रममा मेसी र उनको साझेदारी जमेको थियो । 

'मेसी उनको समयकै महान खेलाडी हुन्, उनले ६ पटक विश्व वर्ष खेलाडी बालोन डि ओर जितेका छन्, क्लब र देशका लागि थुप्रै रेकर्ड ब्रेक गरेका छन् । त्यसैले उनी सर्वकालिन महान खेलाडी समेत हुन्,' राकिटिचले भनेका छन् । 

फिफा डटकमले ३२ वर्षीय क्रोयसियन मिडफिल्डरलाई खेलाडीका रुपमा मेसीका बारे के भन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा राकिटिचले भनेका छन्, 'एक सय प्रतिशन फुटबल, तपाई को हो भन्ने कुनै मतलव नराख्नुस, तपाई उनको फुटबल जादु हेर्नुस र मनोरन्जन लिनुस । उनी अर्कै लेवलका खेलाडी हुन् ।' 

अन्य राम्रा खेलाडीहरुलाई सम्मान गर्दै म भन्न चाहान्छु कि विश्वमा एक मात्रै नम्बर एक खेलाडी छन् र उनि मेसी मात्रै हुन् । जो संग मैले ३ सय भन्दा धेरै खेल खेलेको छु ।

मैले उनीसँग खेल्दाको समय अत्यन्तै खुसीसँग वित्यो । जसका लागि म लियोलाई धन्यवाद भन्न चाहान्छु । उनीसँगै खेल्न पाउनुको अर्थ कति हुन्छ भन्ने कुरा मलाई थाहा छ । 

राकिटिच केही समय अघि मात्रै सेभिया फर्किएका छन् । उनले बार्सा छंदा मेसीसँग ३ सय ११ खेल खेल्दा १३ टाईटल जितेका छन् । जुन बार्साका लागि मेसी डानी आल्भेस, मास्किरानो पछि चौथो हो । उनले थपेका छन्, 'म बार्सिलोनाको ईतिहासको एउटा हिस्सा हुं । म बार्सिलोनामा बिताएको मेरो समयका लागि गर्व गर्दछु र सधैं सम्झिरहनेछु ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर