झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मेचीनगर–१५ हेल्दुबारीमा बा ३८ प ३८८५ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद रु ८१ हजार १००, भारु ११० र दुई थान मोबाइल बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । रासस
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर