• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसंख्या हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । जम्मा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गरेकोमा १ हजार ९ सय ४५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

जसमध्ये ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष रहेका छन् । 

योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेका छन् ।

गत २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएका छन्  भने हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।

नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ ।

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर