• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

चम्बलको किनारदेखि संसद भवनसम्म पुग्ने 'विद्राेहकाे प्रतिक' फुलन्देवीको कथा

एजेन्सी । यहाँको सम्पूर्ण क्षेत्रको दृश्यमा केही अनौठो सरलता छ । तपाईलाई यो कुराको महसुस त्यो समयमा हुन्छ जतिबेला तपाई साँझपख सुर्यास्तमा चम्बल नदीको किनारामा उभिनु हुन्छ । चम्बल नदी यस उजाड क्षेत्र भएर बग्छ । 

एक महिला जो जीवित छैनन् । तर उनी अझै चम्बलको कथामा छिन् । यहाँको लोक गीतहरुमा जीवित छिन् । उनी एक डकैत थिइन् । यस क्षेत्रका मानिसहरुको आँखामा उनी रोबिनहुड जस्तो चरित्रमा थिइन् । निम्न जातकि उक्त महिलाले यहाँको बादशाह भनेर कहलाएका ठाकुरको हस्तीलाई इन्कार गरेकी थिइन् । उनको जन्म भएको यस गाउँका मानिसहरुले आज पनि उनको बच्चपनको कथा सुनाउने गरेका छन् ।

जब उनी डाँकु बन्छिन् अनि ठाकुरलाई बदला लिन्छिन् । उक्त घटनालाई गीतको रुपमा बयान गरिएको छ । जसलाई तीज, तिहार बिवाह चाडपर्वमा तथा अन्य कार्यक्रममा बहादुरीको  गीतको रुपमा गाइन्छ । 

तीन राज्यमा फैलिएको चम्बल
चम्बलको यो विशाल बाँझो क्षेत्र भारतको तीन राज्यमा फैलिएको छ । जसमा राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेश छ । चम्बलको गम्भीर ,उदास, दिक्क लाग्दो खैरो क्षेत्र मध्यम क्षेत्रमा छ । यहाँ डाँकुको राज्य छैन तर पनि यो क्षेत्र गम्भीर छ । 

२१ औँ शताब्दिको सुरुवातबाट यहाँ विकासमा योजनाहरु सुरु भएको छ । नयाँ सडक जस्तै अन्य विकासका योजनाले पनि गम्भीर रहेको खम्बार काबुलको क्षेत्रलाई नियन्त्रणमा लिन सकेको छैन । 
लाग्छ , दोस्रो विश्वमा आइएको छ .

यदि तपाईले नदीको धारलाई पर बसेर नियाल्नु भयो भने लाग्छ , सबै कुरा निल्नको लागि हतारिएको छ । पहिला नै श्रापित मानिएको यस नदीको बहावमा त्यो भाव प्रस्ट देखिन्छ । 

तपाई जीवनमा कहिले पनि यस्तो ठाउँ देख्नु भएको छैन होला । यहाँ निकै असामान्य दृश्य छ । जस्तो इलेक्ट्रोग्राफमा रेकर्ड गरिएको मुटुको धड्कन अचानक अव्यवस्थित भएको जस्तो छ  । 
यहाँ आइपुग्दा तपाइलाई लाग्छ, दोस्रो विश्वमा आउँनु भएको छ । 

एक यस्तो क्षेत्र जुन क्षेत्रलाई देखेर कार्टोग्राफरहरुको पसिना छुट्छ । जब अछुत जातका महिलाको बलात्कारको खबर आउँछ । अनि फेरी फुलन देवीको कथा जीवन्त बन्छ ।   
फुलनले जस्तौ हतियार उठाउने चेतावनी

उत्तर प्रदेशको हाथरसमा भएको जस्तै बलात्कारको घटना, जब १९ वर्षीय दलित महिललाई निर्दयी रुपमा गाउँकै ठाकुरले गरेको थियो । जसको कारण उनको मृत्यु भएको थियो । 

हाथरस काण्डपछि प्रदर्शनीकर्ताहरुले दलित महिलामाथि हुने अन्याय र अत्याचारको बारेमा चेतावनी दिएका थिए । जुलुसमा सहभागी दसलत महिलाले फुलनदेवीले जस्तै बन्दुक उठाउन नपरोस् ।

प्रदर्शनीकर्ताको नारा थियो–‘हामीलाई न्याय भएन भने हामीले फुलनदेवीले जस्तै बन्दुक उठाउन पनि जानेका छौँ ।’

हाथरस घटनामा युपी पुलिसले रातीको समयमा अनुसन्धान वीना नै पीडितको अन्तिम संस्कार गरेको थियो । 

तर हाथरस काण्डपछि ३मबष्तिष्खिभकmबततभचब ह्यासट्याग र सामाजिक सञ्जालमा आक्रोसको पछि घटनाले नयाँ मोड पाएको थियो ।

हाथरस काण्डमा अहिले सीबीआइले सोधपुछ गरिरहेको छ । अभियुक्त जेलमा छ । पीडितको परिवारको घरको बाहिर निगरानीको लागि सीआरपीएफका जवान खटिएका छन् । कसैलाई पनि थाहा छैन सीबीआईले यस विषयमा अनुसन्धान गरी रिपोर्ट कहिलेसम्म दर्ता गराउँछ 

बेहमई– फुलनको गाउँ
बेहमईबाट बसमा हाथरस करिब पाँच घण्टाको यात्रामा पुगिन्छ । बेहमई त्यो गाउँ हो जहाँ भनिन्छ, फुलन देविले २२ जना ठाकुरलाई मारेकी थिइन् । तर फुलन देवीले भने यस हत्या काण्डमा आफ्नो हात नभएको बताएकी थिइन् । 

यस क्षेत्रमा आउँने बित्तिकै तस्बिर परिवर्तन हुन्छ । गाउँको बाहिर एक टुक्रामा टासिएको बोर्ड जस्तो छ । जसमा बेहमई लेखिएको छ । 

यसमा लेखिएका शब्दहरु पनि सबै मेटिएका छन् । नजिकैको साँघुरो सडक गाउँतर्फ जान्छ । जुन गाउँ नदीको किनारामा अवस्थित छ । 

यस ठाउँमा घुलोको कारण हरेक चित्र अन्धकार देखिन्छ । यो ठाउँ एक समयमा डाँकुहरुको लागि लुक्ने राम्रो ठाउँ थियो ।  

ठाकुर अत्याकाण्ड
ठाकुर हत्या काण्डमा मारिएका मानिसहरुको यादमा गाउँमा एक स्मारक पनि बनाइएको छ । जसको भित्तामा २० जना मानिसहरुको नाम दर्ता छ । 

डाकुहरुको रानी भनेर चिनिने फुलन देवी देब्रे बगैँचाको खोलाबाट आएकी थिइन् । 

बेहमई यस क्षेत्रका ८४ वटा गाउँमध्ये एक हो । जहाँ ठाकुर समुदायको बाक्लो बस्ती छ । 

बेहमईमा नै फुलन देवीलाई ३० जना पुरुषहरुले घेरेको थियो । उनी माथि गोली चलाएको थियो त्यही नै २२ जना मानिसहरु मरेक थिए । यो घटना सन् १९८१ फेबु्रअरी १४ को हो । त्यो समय फुलन देवीको उमेर १८ वर्षको थियो । जब उनी १७ वर्षकी थिइन् बेहमईका ठाकुरले उनको सामुहिक बलात्कार गरेका थिए । 

उनी बल्ल बल्ल ठाकुरको घेराबाट ज्यान बचाएर भागेकी थिइन् । यसरी उनले डाकुहरुको आफ्नो गिरोह बनाएकी थिइन् । 

४० वर्षको यात्रा निकै लामो हुन्छ तर पनि मानिसहरुलाई त्यो रगतको खेल आज पनि याद छ । केही मानिसहरु यस घटनालाई फुलन देवीको बदलाको रुपमा लिन्छ । उनीहरु फुलन देवीलाई एक बहादुर र सहशी महिलाको रुपमा चिन्छ । जो तल्लो जातकी थिइन् । अब त फुलनदेवीले यस संसारलाई छोडेको पनि दुई दशक भइसकेको छ ।

हत्याकाण्डमा अदालती फैसलाको पर्खाई
गाउँको एक रुखमा केही मानिसहरु उभिएका छन् । जसको परिवारका एक सदस्य त्यो घटनामा मारिएका थिए । उनीहरु त्यो ठाउँमा जानको लागि आग्रह गरिरहेका छन् जहाँ मारिएका २० जना मानिसहरुको स्मारक बनाइएको छ । 

उनीहरुको उमेर १६ देखि ६५ सम्मको छ । उनीहरुमध्ये १८ जना बेहमईका हुन् । बाँकी दुई जना नजिकैको राजपुर र सिन्कदरा गाउँका हुन् । भित्तामा उनीहरुको नाम रातो रङले लेखिएको छ र मन्दिरमा अझै पनि घण्टी बज्छ । 

यहाँ मानिसहरुलाई त्यो घटना अझै याद छ, आज भन्दा ४ दशक अगाडी यहाँ रगतको खोला बगेको थियो । यहाँका मानिसहरु आज पनि अदालतको फैसलाको पर्खाइमा छन् । अदालतको फैसला जनावरीमा आउनु पर्ने थियो, तर आएन । हराएको डायरीको कारण यस केस अझै अल्झिएको छ । 

यस बेहमई क्षेत्रमा ठाकुरहरुको वर्चस्व रहेको गाउँ ८४ गाउँमध्ये एक हो । यहाँ दुई परिवार बाहेक सबै आवादी ठाकुरको छ । यहाँ मात्र एक घर ब्राहमणको र एक घर दलितको छ । 

उक्त हत्याकाण्डको स्मारका राखिएको ढुङगामा लेखिएको छ । सन् १९८१ फेबु्रअरी १४ राती । करिब ४ बजे एक डाकुको गिरोहले एक असल कर्मचारीलाई मारेको थियो । 

बेहमईका मानिसहरु मिडियासँग सानो सान्तोनाको आशा पनि गर्दैनन् । यहाँ फुलन देवीको कथाले उनीहरुको पीडालाई पनि भुलाई दिएको छ । उनीहरु फुलन देवीलाई एक हत्यारा मान्छन् । 

बेहमईका प्रधान जयवीर त्यो दिन घरमा थिएनन । जुन दिन राती ठाकुरहरुलाई लाइनमा राखेर गोली हानिएको थियो । 

प्रत्येक वर्ष १४ फेब्रवरीमा वर्षी मनाइन्छ 
जय वीर सिंह भन्छन्– वलुलन आफ्नो गिरोहको साथमा बग्गीहरुमा हिडडुल गर्थिन् । श्रीराम लाल – (जसले फुलनको प्रेमी विक्रम मल्ललाई मारेका थिए) पनि हाम्रो गाउँको थिएनन । उसको गाउँ  दमनपुर हो । यहाँबाट १० किलोटिर टाढा छ । हामीले आशा गरेका थियौँ  । भाजपाको सरकार आयो भने हामीले न्याय पाउँने छौँ । हामी न्यायको लागि लड्ने छौँ । उनले आफ्नो कर्मको सजय पाउँनु पर्छ । 

यस गाउँमा पुराना चिहानहरु र पक्की घरहरु पनि छन् । प्रधानका घरहरुमा  फुलनलाई अन्याय नभएको भन्दै आवाजहरु गुन्जिन्छन् । जुन पुलिस र मिडियाको बनावटी भाग हो । 

जयवीर सिंह भन्छन्–‘ हरेक तिहारमा हाम्रो मन रुन्छन् । हाम्रा बच्चाहरु आँसु  बगाउँछन् । प्रत्येक फेबु्रअरी १४ मा हामी त्यो हत्याकाण्डको वार्षीकी मनाउँछन् । 

एक समयमा फुलन देवी हिन्दुस्तानको ‘मस्ट वान्टेड’ महिला बनेकी थिइन् । उनीमाथि सरकारले १० हजार डलर इनाम राखेको थियो । 

बेहमई गाउँका प्रधान भन्छन् –त्यो समयमा पुलिस र डाकुको बीचमा फरक छुट्याउन निकै गाह्रो हुथ्यो । दुबै जना खाकी वर्दी लगाउँथे । धेरै जस्तो खाने पानी र खाना लिनको लागि गाउँ आउँथे । उनीहरु कानुनको नजरमा अपराधी थिए । यस्तो अवस्थामा उनीहरुको लागि यो लुक्ने ठाउँ थियो । 

फुलन देवीको गाउँ
फलामको गेटमा लेखिएको छ । यो बहादुर महिला फुलन देवीको घर हो । जो दिवंगत भइसकेकी छन् र यहाँ एकलव्य सेनाले फुलन देवीको एक मुर्ति पनि बनाएको छ । 

एकलव्य सेनाको गठन फुलनदेवी आफँैले गरेकी थिइन् । यसको उदेश्य निम्न जातमाथि हुने अन्यायको विरुद्धमा लड्नु थियो । यस घरको भित्र पनि फुलन देवीको मुर्ति लागाइएको छ । 

अब यहाँ फुलन देवीको आमा मूला देवी बस्छिन् । माथिल्लो भागमा राखिएको यस मुर्तिमा पुग्नको लागि सिढी चढ्नु पर्छ । साडी लगाएर शान्त स्वभावमा उभिएको उक्त मुर्तिलाई हेर्दा लाग्दैन उनी फुलन देवी हुन् । जो खाकी बर्तीमा बन्दुक बोकेर हिड्ने गर्थिन । जसको कम्मरमा बाँधिएका पेस्तोल झुन्डिएको हुन्थ्यो । जसले आफ्नो निधारमा रातो कफन बाँधेकी हुन्थिइन् । ताकि अगाडी आएका कपाल नियन्त्रणमा आवस् । 

एकलव्य सेनाले अब फुलन देवीको एक शान्त, शाहसी र साडी लगाएर हात जोडेर बसेको महिलाको रुपमा प्रस्तुत गरेको छ । यो फुलन देवीको राजनीतिक अवतार हो । जसलाई उनको मृत्युको अगाडी बनाइएको थियो । अब फुलन देवीको समर्थक यही चरित्रमा उनलाई सम्झन रुचाउँछन् । 

भगवान देवी मान्छन् गाउँले फुलनलाई
फुलनको गाउँ मूख्य सडकबाट अलिकति मात्र भित्र नदीको किनारा छेउमा छ । यहाँ बाक्लो आवादी मल्लाहको छ । मल्लाह पिछडीको वर्गमा पर्छन । यस हत्या काण्डको ४० वर्ष पुरा भइसकेको छ ।

यधपि, यहाँका मानिसहरु  फुलन देवीलाई भगवान जस्तै मान्छन् । तर नदीको पारी गाउँको लागि फुलन देवी एक हत्यारा हुन् । 

यहाँ दुई स्मारक छ । एक फुलन देवीले ठाकुरहरुकालाई लिएको बदलाको प्रतिक, जसले तल्लो वर्गका मानिसहरुलाई लामो समयदेखि शोषण गर्दै आएको छ । दोस्रो स्मार ती मानिसहरुको यादमा बनाइएको छ, जो उक्त हत्याकाण्डमा मारिएका थिए । 

दुबै गाउँमा घण्टीको आवाज गुन्जिएको हुन्छ तर  उनीहरुका एक अर्कासँग भेट्दैन । आज पनि यो परम्परा कायम नै छ । 

गीतमा फुलनको कथा
अनिल कुमार फुलनदेवीको टीमको हिस्सा हुन् । जो मिर्जापुरमा चुनाव लड्ने समय उनको प्रचारमा लागेका थिए । उनी भन्छन् त्यो समयम देखि अहिलेसम्म खासै केही परिवर्तन भएको छैन । 

अनिल कुमार भन्छन् –‘ ठाकुर सधैँ रिस गर्छन’ अनिल कुमार गीत गाउँछन् । जसले आफ्नो वर्गको प्रतिनिधित्व गर्छ । उनले गाएको गीतले फुलन देवीको गिरफ्तारीको कथा बयान गर्छ । 

फुलन देवी मल्लाह जातिमा जन्मिएकी थिइन् । यस जातिले आज पनि बिवाह महोत्सवमा फुलन देवीको कथालाई गीतमा सुनाउने गर्छन । खासगरी अक्टोबर महिनामा दुर्गा पूजाको समय गाउँने गर्छन । 

भनिन्छ् फुलन देवीले आफ्नो साथमा दुर्गाको सानो मुर्ति राख्ने गरेकी थिइन् । यो कुरा उनले आत्मसमर्पण गरेको खबरमा छापिएको छ । त्यसमा भनिएको छ–‘फुलन देवीले आत्मसमपर्ण गरेको समयमा साथमा दुर्गाको मुर्ति थियो । 

अमेरिकाको अखबार  ‘द आर्टिकल’ मा मैरी एन विवरले सन् १९९६ मा ले एक लेखमा लेखेका थिए–‘सन् १९८३ फेबु्रअरीको रातमा फुलनदेवी उनीको कपडामा, रातो कपडाले निधारमा बाधेर मध्ये प्रदेशको चम्बलमा आफ्नो गिरोहको साथमा निक्लेकी थिइन् । उनको काँधमा ३१५ माउजर झुन्डिएको थियो ।  उनको बेल्डमा हंसिया पनि झुन्डिएको थियो । 

फुलन देवीको गिरोहलाई गरिबहरुले पुरै समर्थन गरेका थिए । उनीहरु फुलन देवीलाई सन्देशवाहकको रुपमा लिन्थे । 

अनिल भन्छन्–‘उनी गाउँ आउँदा छोरीहरुलाई बिवाहको लागि गहना ल्याइ दिन्थिइन् । उनी गरिब परिवारलाई पैसा दिन्थिइन् ।

फुलनको कथा आज पनि फैलिएको छ 
फुलन देवीको कथा आज पनि यो गाउँमा फैलिएको छ । जब फुलन देवीले गाउँमा आत्मसमर्पण गरेकी थिइन् । त्यो समय कसैलाई पनि थाहा थिइनन् । 

पुलिससँग फुलनदेवीको कुनै तस्बिर थिएन । फुलन देवीले आफ्नो सर्तमा पुलिसलाई अगाडी हतियार राख्न लगाएकी थिइन्् । मध्य प्रदेशका मूख्यमन्त्री अर्जुन सिंह र यस घटनालाई राष्ट्रिय अन्तरष्ट्रिय मिडियाले कभर स्टोरी बनाएका थिए । धेरै अखबारको शीर्षक ‘ एक छोटो कदको महिलले भीडको सामना गर्यो । मानिसहरु निरास थिए उनीहरुलाई लागेको थियो फुलन देवी सुन्दर देखिन्छन् तर उनी खतरनाक छिन् । ’

जुन पत्रकारले उनलाई पौराणिक कथाको रानीको रुपमा बयान गरेको थियो वास्तविक रुप देखेर छक्क परेका थिए । जसलाई रानी भनिएको थियो उनको यस्तो रुप देखिन्छ भन्ने कसैले आशा गरेका थिएनन् । 

दस्तुर सुन्दरीको जेल र संसदको यात्रा
इन्डियन टुडेका एक पत्रकारले उनलाई दस्तुर सुन्दरी र बिहडीयौँकी रानी लगाएतका नाम राखेका थिए । 

त्यही पत्रकारले आत्मसमर्पणपछि  उनको चरित्र बयान गरेका थिए । जसमा भनेका थिए–‘ उनी धेरै सुस्त, फिक्का रङ, र चन्चल स्वभावको केटी थिइन् । जो छिट्टै रिसाउने स्वभावकी थिइन् । 
फुलन देवीले भन्डै ११ वर्षको जेल जीवन बिताउनु पर्यो । जब मुलायम सिंह उत्तर प्रदेशका मूख्य मन्त्री बने उनले सरकारी वकिललाई फुलन देवीमाथि लागेको सबै आरोप फिर्ता दिन आदेश दिए । जसको कारण सन् १९९४ मा फुलनदेवी जेलबाट रिहा भइन् । 

फुलन देवीको रिहाईलाई पिछडिएको वर्गले माथिल्लो जातको बाहुल्य राखी जातीय प्रणली विरुद्धको विद्रोहको रुपमा हेरको थियो । किन भने फुलन देवी जातीय व्यवस्थालाई चुनौती दिने प्रतिकको रुपमा उभिएकी थिइन् । 

रिहाईको दुई वर्षपछि फुलनदेवीले मिर्जापुरबाट समाजवादी पार्टीको टिकट दिइन् र लोकसभा चुनावमा विजयी हासिर गरिन् । 

सन् १९९९ मा उनले फेरी लोकसभाको चुनाव जितिन् । तर ३८ वर्षको उमेरमा उनलाई दिल्लीमा रहेको उनको घर अगाडी गोली हानेर मारिएको थियो । 

बेहमई न्यायको प्रतिक्षामा
एक बृद्ध महिला आज पनि मर्नु अगाडी न्याय पाउँछु कि भन्ने प्रतिक्षामा छिन् । श्री देवीको ससुरा र  देवर बेहमई हत्याकाण्डमा मारिएका थिए । उनीहरुको न्यायको प्रतिक्षामा छन् । तर न्याय पाउने विश्वासमा छैनन । त्यो समय श्री देवी २४ वर्षकी थिइन् । साथमा ४ जना छोरी थिइन् । 

त्यो दिनको याद गर्दै श्रीदेवी भन्छिन्–‘हामीलाई केही थाहा छैन हाम्रो घरबाट ती पुरुषलाई कहाँ लगिदै छ । हामी त साझमा लास मात्र देख्यौँ । 

श्री देवी सोध्छिन्–‘अब के हामीले न्याय पाउँछौँ । फुलन देवी त मरिन । उनलाई याद गर्यो भने पीडा मात्र याद आउँछ । हामीले त्यो दिन भुलेका नै छैनौँ । ’

दलितहरुमा बढ्दो बर्बरता
यो संघर्ष लामो समयदेखि चलिरहेको छ । त्यसै घटनाको एक मिसाल जस्तो एक महिना अगाडी हासरथमा देखिएको थियो । जहाँ १९ वर्षकी एक दलित महिललाई ठाकुरले बलात्कार गरेर मारेका थिए । 

उक्त महिलाको चरित्रमा प्रश्न गरियो । केसमा आफ्नो इज्जत बचाउनको लागि महिललाको परिवारले नै मारेको दावा गरे । 

यो वर्ष दलित महिलाको साथमा बलातकार भएका धेरै घटनाहरु सार्वजनिक भएका छन् । यो आँकडा क्राइम रेकडएस् व्युरोले निकालेको छ । 

पछिल्लो वर्ष भारतमा हरके दिन १० दलित महिलाको साथमा बलात्कारको घटना दर्ता भएको सरकारी तथ्यांकले जनाएको छ । 

महिलाको साथ हिंसा र महिला विरुद्ध यौन अपराधको विषयमा उत्तर प्रदेश पुरै देशमा नम्बर १ मा पर्दछ  । 

फुलन देवी निषद जातकी हुन् । जो अन्य पिछडीको वर्गको जाति हो । तर पनि उनी ठाकुरहरुको विरुद्ध लड्ने निम्न वर्गको प्रतिक बनिन् । 

गाउँलेहरुको संग्रहालय बनाउने इच्छा 
अनिल कुमार भन्छन्–‘ फुलन देवीले रोजेको बाटो सजिलो थिएन । हाम्रो लागि उनी बागी हुन । विद्रोही हुन् । जसले धेरै गाह्रो जीवन बिताउँछ । किन भने उनीहरुले न्याय पाउँदैनन । निम्न वर्गका मानिसहरुले ठाकुरको धेरै अन्याय र अत्याचार भोगेका थिए । जसलाई उनी समाप्त गर्न चाहिन्थन् । 

अनिल कुमार संझदै भन्छन् फुलन देवीको हत्या भएको दिन गाउँ नै दुखमा डुबेको थियो । 

फुलन देवीको गाउँ निकै अलग छ । नदीमा एक पुल बनाउनु थियो जुन आजसम बनेको छैन । गाउँमा मानिसहरु लामो समयदेखि कलेजको माग गरिरहेका छन् । 

यो फुलनदेवीको संसदीय क्षेत्र त थिएन । तर आज उनी जीवित भएको भए पक्कै यस गाउँलाई सहयोग गर्थिन् । 

गाउँका मानिसहरु फुलन देवीको यादमा एक संग्रहालय बनाउने सोचमा छन् । जसमा फुलन देवीका सबै समान राख्न चाहन्छन् । उनको वर्दी, गम्छा,रातो सल जुत्ता... आदि । 

गाउँका मानिसहरुले आफ्नो लोक गीतमा फुलनदेवीको कथालाई समेटेका छन् । उनीहरुलाई फुलन देवीको गाउँको भन्दा गर्व लाग्छ । तर समयसँगै पुराना घटनाहरु हराउँछ कि भन्ने डर पनि गाउँलेलाई निकै छ । जसले अन्यायको लागि आवाज उठाइन् । 

निल कुमार निकै चिन्तामा छन् फुलन देवीको यादलाई कसरी सम्हालेर राख्न सकिन्छ । 

फुलन देवीको परिवार 
यस गाउँमा सय भन्दा धेरै परिवार छ । उनीहरु आफ्नो छोरीलाई चिरैया भनेर बोलाउँछन् ।  जब फुलन देवीको मुर्ति यहाँ लगाइएको थियो । त्यो समयमा फुलनको आमाले भनिन् मेरो चिरैया फर्केर आइन् । 

फुलनको सानो बहिनी आमाको हेरचाह गर्थिन् । अब उनी छैनन । फुलनको ठूलो बहिनी राजनेता बेनेकी छन् । फुलन देवीको जम्मा चार जना दीदी बहिनी छन् । 

फुलन देवीको आमा निकै कम बोल्छन् । रामकली जसले फुलनदेवीको आमालाई हेरचाह गर्ने गर्थिन । उनी जीवित छैनन । अब गाउँमा राम कलीको छोरा र श्रीमति छन् ।  रुक्मिणी देवी अहिले ग्वालियरमा बस्छिन् । 

हाथरसमा  बलात्कार पीडितको लाशलाई परिवारको अनुमति बिना नै जलाइन्छ । जहाँ दस्यु सुन्दरीको स्मृतिमा गाइने गीतहरु आज पनि गाइन्छ । यी दुई बीचको दुरी पाँच घण्टा  र चालिस वर्ष लामो छ । यही दुरी न्यायको बीचमा पनि छ । जस्तो अदालत र जनता बीचको दुरी  र समुदायमा भिन्तामा छ  । 

-यो सामाग्री समाचार दैनिकका लागि आयुष्मा बस्नेतले बीबीसी हिन्दीबाट अनुवाद गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर