• मंगलबार ८-९-२०७७/Tuesday 11-24-2020/ 12:52 am

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौँ ।  एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार ( १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । 
बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो ।

नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो । सो विमानस्थल अन्तरराष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ ।

यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले वैकल्पिक अन्तरराष्ट्रिय हवाई यातायात सुविधा प्रदान गर्ने उल्लेख गर्दै बैंकले लुम्बिनी गौतम बुद्धको जन्मस्थल एवं  प्रमुख पर्यटन गन्तव्य रहेको उल्लेख छ ।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पछिल्लो सहयोगले विमानस्थलको सुरक्षा, क्षमता र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ । नयाँ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवनको निर्माणपछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले उल्लेख  गरे । 

सो परियोजनाले नेपालको पर्यटन उद्योगलाई पुनःर्जीवित गर्न र कोभिड–१९ को महामारीका कारण परेको दीर्घकालीन नकारात्मक असरलाई सम्बोधन गर्न मद्दत गर्ने उहाँको भनाइ छ । ऋण सहयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङ्गर, एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ अन्तरराष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउनेछ ।

सो परियोजनाको अर्को प्रमुख विशेषता भनेको जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्ने गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य प्यानल र स्वच्छ ऊर्जा प्रदान गर्ने सामग्री प्रयोग गरेर गरिनेछ । एशियाली विकास बैंकको सहयोगमा नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरि काम गर्न अर्थमन्त्रीको निर्देशन

  • ८ मङ्सिर, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन

धितोपत्र बजारमा नयाँ नयाँ रेकर्ड, दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब

  • ८ मङ्सिर, २०७७

काठमाडौँ । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ ।  नेपाल स्टक

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

  • ८ मङ्सिर, २०७७

जाजरकोट । विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै चर्चा कमाउन सफल एन आई सी एशिया लघुवित्त