• बुधबार ८-१७-२०७७/Wednesday 12-02-2020/ 05:13 am

चैतदेखि बन्द गरिएको बनभोज स्थल खुल्ला

चितवन । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजबाट खुल्ला गर्न लागिएको हो । 

उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको छ । समितिका अध्यक्ष राजन अधिकारीका अनुसार यो मौसममा गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुने गरेका थिए । 

नारायणी नदी तटमा रहेको उक्त स्थानमा कार्यक्रम गर्नका लागि १२ वटा टहरा रहेका छन् । खानेपानी, विद्युत्, शौचालयलगायतका वनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उनले जानकारी दिए। नदी, वन र वन्यजन्तुको मनोरम दृश्यसँगै रमाउँदै वनभोज गर्न यहाँ टाढाटाढाबाट मानिस आउने गर्दछन् । 

सामुदायिक वनमा खुल्ला चिडियाखानासमेत रहेको छ । जहाँ वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइन्छ । सोही ठाउँमा एउटा पार्क रहेको छ भने नजिकै शहीद स्मृति पार्क पनि निर्माण भइरहेको छ ।

सो वन क्षेत्रमा दुर्लभ बाघ, एकसिङ्गे गैँडा, चित्रि, मयूर, बँदेललगायत वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु नारायणी किनार हुँदै यहाँ आउ जाउ गर्दछन् । उक्त ठाउँमा चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट  वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रतिष्ठानका लागि मणिपालको जग्गा अधिग्रहण गर्छौँः मुख्यमन्त्री राउत

  • १६ मङ्सिर, २०७७

जनकपुर ।  मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा

आयोगको छवि कायम राख्दै काम गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

  • १६ मङ्सिर, २०७७

वाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन्

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

  • १६ मङ्सिर, २०७७

डोटी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)