• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 01:20 am

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्रासिलिया ।  ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।
 
यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा पनि बढी पुगेको बताइएको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो ।
 
उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।
 
शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
 
कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।
 
पछिल्ला हप्ताहरुमा ब्राजिमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका  संक्रमितहरु बढी भेटिएका बताइएको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

  • १५ मङ्सिर, २०७७

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

  • १५ मङ्सिर, २०७७

ढाका ।  बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार

जेलमा कोभिड–१९ को कारण दङ्गा आठको मृत्यु

  • १५ मङ्सिर, २०७७

कोलोम्बो ।  श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका