• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:02 pm

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

काठमाडौँ ।  लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड  २०२०’  बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । 

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।

 सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेप्सेको अहिलेसम्मकै उच्चतम विन्दु

  • १५ मङ्सिर, २०७७

  काठमाडौं । नेपाली सेयर बजारले सोमबार अहिलेसम्मकै अर्को उच्च विन्दु टेस्ट गरेको छ । उसोतः पछिल्लो केही दिनयता हरेक दिन आफैले बनाएको रेकर्ड ब्रेक

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि मतदान हुँदै

  • १५ मङ्सिर, २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज मतदान हुँदैछ । मध्यान्ह १२ः ३० बजेबाट मतदान सुरु हुन लागेको हो ।  यसअघि शेखर

सुनको मूल्य ९० हजारमा झर्‍यो

  • १५ मङ्सिर, २०७७

  काठमाडौं ।  सुनको मूल्य आज ९० हजारमा झरेको छ । दुई सातामा प्रतितोला पाँच हजार घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको