• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 01:43 am

जर्मनीमा एकैदिनमा २३ हजार सङ्क्रमित

बर्लिन । जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन् । 

कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित भएका छन् । 

जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ । 

एक दिन अगाडि एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरुको सङ्ख्या २६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको हो । 

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५५९ जना सङ्क्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

  • १५ मङ्सिर, २०७७

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

  • १५ मङ्सिर, २०७७

ढाका ।  बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार

जेलमा कोभिड–१९ को कारण दङ्गा आठको मृत्यु

  • १५ मङ्सिर, २०७७

कोलोम्बो ।  श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका