• बुधबार ८-१७-२०७७/Wednesday 12-02-2020/ 06:01 am

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

परासी ।  बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र  वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन बलात्कारमा परेको उहाँले बताउनुभयो । पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगँैचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताए । 
किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भरपर्दो बिजुलीको पहुँचमा रोल्पा

  • १६ मङ्सिर, २०७७

काठमाडौँ । रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३र११ केभी

तनहुँमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

  • १६ मङ्सिर, २०७७

तनहुँ।  कोरोना कहरका कारण बन्द भएका तनहुँका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । छाब्दी बाराही र तनहुँ कालिका यहाँका

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः थापा

  • १६ मङ्सिर, २०७७

काठमाडौंँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।  पार्टी केन्द्रीय