• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020/ 02:12 am

विकास पहुँचको आधारमा होइन, आवश्यकतामा हुन्छ – मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताए । आज  स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्नुहुँदै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने भन्दै उनले भने “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।”
 
हरेक जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार दु्रतगतिमा अगाडि बढिरहेको भन्दै त्यसको प्रतिफलमा जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उनले बताए ।  उनले भने , “ विगतमा सिटामोल खान मुकाम नै जानुपर्ने अवस्था थियो, अब त्यस्ता समस्याको अन्त्य भएको छ । हरेक वडामा स्वास्थ्य एकाइ बनेको छ ।”
 
स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले भन्नुभयो, “सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा छ । 
स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेका छन् ।” लोकतन्त्रमा प्रणालीले राज्य चल्ने भन्दै आवश्यकताका आधारमा विकास भएको उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद

  • १५ मङ्सिर, २०७७

काठमाडौँ ।  काठमाडौँको चन्द्रागिरि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । काठमाडौँ उपत्यकाका प्रवेशद्वारमा रहेको सो नगरपालिकाले नगरवासीलाई

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

  • १५ मङ्सिर, २०७७

काठमाडौँ ।  गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका

सबै जिल्लामा टेलिकमको फोरजी सेवा

  • १५ मङ्सिर, २०७७

काठमाडौँ । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी