भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ,पति हर्ष लिवचिया बारे अनुसन्धान जारी

काठमाडौं । भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ परेकी छन् ।  उनका पति हर्ष लिवचियाको बारेमा अनुसन्धान जारी रहेको एएनआइले जनाएको छ । 

उनीहरुको घरमा छापा मार्दा लागूऔाध बरामद गरेपछि प्रहरीले पक्राउ गरेको हो । लागूऔषध कारोबारीले बयानमा भारतीको नाम उल्लेख गरेपछि त्यही आधारमा उनको घरमा छापा मारिएको थियो ।

भारतको नार्कोटिक्स  न्ट्रोल ब्युरो (एनसिबी)ले हाँस्य कलाकार भारती सिंहको घरमा छापा मारेको  हो  । भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको हो।

उनको घरबाट ८९.५ ग्राम  लागूऔषधि पनि बरामद गरेको एएनआइले जनाएको छ । बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि फिल्मी क्षेत्रमा लागूऔषध प्रयोग हुने गरेको कुरा बाहिर आएकाे थिए।

 

NCB raided production office & house of comedian Bharti Singh & from both the places 86.5 gms of Ganja was recovered. Both Bharti & her husband Harsh Limbachiya accepted consumption of Ganja. Bharti Singh arrested & examination of Harsh Limbachiya is underway: NCB

— ANI (@ANI) November 21, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर