• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:40 am

विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालकै एक्ली महिला, सुर्खेतकी कार्की छनोट

सुर्खेत । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालका ५ जना खेलाडीले सहभागिता जनाउँदैछन् । विभिन्न तौल समूहमा भाग लिन पाँच जना पुरुष र एक जना महिला सहभागी हुन लागेका हुन् ।

भारतको महाराष्ट्र राज्यको अमरावतीमा यहीँ मंसिर १९ गतेदेखि २२ गते ९डिसेम्बर ४–७० सम्म हुन लागेको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा नेपालकै एक्ली महिला सुर्खेतकी श्रुति कार्कीले सहभागी जनाउन लागेकी छन् ।

उनीसँगै प्रतियोगिताका गण्डकी प्रदेश पोखराका हसन गुरुङ ९८० केजी०, राजेश सुवाल ९९००, सुजन आले ९७५०, आशीष आले ९१००० छन् । श्रुति मात्रै नेपालकी एक्ली तथा कर्णालीबाट प्रतिनिधित्व गर्दै छिन् ।

उनले ५५ केजी तौलतर्फ प्रतिस्पर्धा गर्नेछिन् । मिडवेस्र्टन फिटनेस सेन्टरबाट प्रशिक्षण पाएकी कार्की नेपालमा भएका यसअघि भएका प्रतियोगितामा सहभागी जनाइसकेकी छन् ।

पाँच जना खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्न लागेको कास्की शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

पोखरामा पावर लिफ्टिङ एशोसिएसन अफ नेपालको आयोजनामा गरेको पत्रकार सम्मेलनमा एशियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरिले देशकै प्रतिनिधित्व गरेर खेलाडीहरु विश्व च्याम्पियनसीपमा जान लागेको भन्दै राज्यले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।

एशोसिएसन अध्यक्ष सुन्दर भुषालले संस्था स्थापनाको दुई वर्ष पनि नपुगेको बताउँदै कोभिड–१९ का कारण प्रदेशस्तरबाट खेलाडी छनोट गर्न कठिन भएकोले पहिलेको छनोटलाई आधार मानेर सहभागी गराउन लागेको बताए । उनले खेलाडीलाई सफलताको शुभकामना दिँदै पदक जित्नेमा आशावादी रहेको बताए ।

प्रतियोगिताका लागि नेपाली टोली मंसिर १८ अर्थात् डिसेम्बर ३ मा भारत प्रस्थान गर्ने जनाएको छ । यतिबेला नेपाल–भारत हवाइ उडान नहुँदा खेलाडीहरु स्थलमार्ग हुँदै जानेछन् । कार्यक्रम स्थल नागपुरदेखि १२० किमी टाढा रहेको कास्की शारीरिक सुगठन संघका अध्यक्ष थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रियल मड्रिड घरेलु मैदानमै पराजित

  • १४ मङ्सिर, २०७७

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड अलाभेससँग पराजित भएको छ। स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २-१ गोल अन्तरले पराजित

पीएसजी जितविहीन बन्यो

  • १४ मङ्सिर, २०७७

एजेन्सी । शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको

 प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग बर्नलीको हार

  • १४ मङ्सिर, २०७७

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग बर्नलीले हार बेहोरेको छ ।शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५–० को फराकिलो