• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 09:33 am

साहित्य सन्ध्यामा समसामयिक कविता

काठमाडौँ ।  साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा आज समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् । जुम प्रविधिबाट आयोजित कार्यक्रममा काठमाडौँबाट प्रा डा जीवेन्द्रदेव गिरी, कृष्ण सुवेदी, गोमा कटुवाल, रमेश पोखरेल, ज्ञानु विद्रोही, प्रा डा खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल तथा पुष्पमणि प्रधान नेपालगञ्ज, बालकृष्ण लामिछाने इलाम, हरि तिमिल्सिना, मीना बराल र लेकप्रसाद प्याकुरेल नेपालगञ्ज, विधान आचार्यलगायतले रचना वाचन  गरेका थिए । 

समाालोचक डा अमर गिरीले वाचित रचनामा मुलुकमा देखापरेका समकालीन समस्या बाह्य हस्तक्षेप, विसङ्गत परिवेश, साम्राज्यवादी–प्रभुत्ववादी उत्पीडन, नवऔपनिवेशिक उत्पीडन तथा राष्ट्रिय चेतनाका अभिव्यक्ति कवितामा समाहित भएर आएको टिप्पणी  गरे । 

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले इलामबाट धरान हुँदै दाङ, नेपालगञ्जसम्मका स्रष्टाको उत्साहपूर्ण सहभागिताले विषम स्थितिमा पनि साहित्यको प्रवाह रोकिँदैन भन्ने सन्देश मिलेको बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आँखाआँखा बोलिरहेका थिए, के अब हाम्रो जीवन यत्ति हो ?

  • १३ मङ्सिर, २०७७

निश्चलले मात्र आफ्नो पार्टी हैसियत भने । अरुले पेशागत परिचय नै दियौँ । हुन त निश्चलले त्यतिबेला हैसियत भन्नु र नभन्नुमा केही फरक थिएन । उनीहरूले सबै

त्रासदी

  • १३ मङ्सिर, २०७७

दुर्गम इलाकाका स्कुल र विद्यार्थीको हविगत कोरोना कहरमा देखि नसक्नु रहेको छ । महङ्गो रासनपानीमा आफ्ना बच्चाको पेट भर्नु कि शिक्षामा लगानी गर्नु

 नेपाली साहित्यमा नयाँ प्रयोग :  किसानको खेतमा दाइँ साहित्य

  • १२ मङ्सिर, २०७७

लमजुङ ।  नेपाली साहित्यमा नयाँ प्रयोग गर्ने उद्देश्यले हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र चिति साहित्य समाजको आयोजनामा आज  बेँसीशहर