कक्षा १० मा तीन पटक फेल, प्रेमीकाले छाडेको निर्देशक साजिद खान जीवनमा समस्या नै समस्या

काठमाडौं । फिल्म निर्देशक साजिद खान निकै हसिलो स्वभावका छन् । उनी एक सफल निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म हाउस फुलका सिरिजलाई हेर्ने हो भने उनी फिल्मका कमेडी बनाउन निकै सफल देखिन्छन् । 

सबैलाई हँसाउने यस निर्देशकले आफ्नो जीवनमा निकै संघर्ष गरेका छन् । सापजद १४ वर्षको हुँदा बुबाको निधन भएको थियो । आर्थिक संकटमा परेको उक्त परिवारलाई साजिदको बहिनी फराहले सम्हालेकी थिइन् । 

तर पनि साजिदको संघर्षका दिनहरु जारी नै रहे । उनलाई सानै देख फिल्ममा शौक थियो । उनी पढ्न निकै अल्छी थिए । उनी पढाइमा कम्जोर पनि थिए त्यसैले उनी कक्षा १० तीन पटक फेल भएका थिए । 

जीवनमा उनले धेरैसँग प्रेम गरे, डेट गरे तर बिवाहमा परिणत भएन । त्यसको एक मात्र कारण थियो उनी वास्तविक जीवनमा पनि निकै फिल्मी छन् । 

जीवनमा उनले धेरै फिल्म निर्माण गरे । तर केही हिटको सुचिमा पुग्यो भने केही फ्लप भए । तर उनले कमेडियन फिल्मको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाए । 

तर उनको जीवनका केही पाटो अझै पनि समस्यामा अल्झेको छ । उनीसँगै काम गरेका अभिनेत्रीले उनलाई यौन शोषण गरेको आरोप लगाउँदै आएका छन् । जसको कारण उनको नाम चर्चामा नै रहन्छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर