क्रसर उद्योगहरु बन्द गर्न निर्देशन

दाङ । नियम विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरी क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि जिल्लाका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । 

गृह मन्त्रालयले गत कात्तिक २५ गते जारी गरेको परिपत्रअनुसार जिल्लामा सञ्चालित क्रसर उद्योग अनुगमन गर्दा १० क्रसर उद्योगहरु नियमसंगत नभएपछि तत्काल बन्द गर्न दिर्नेशन दिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

अनुगमनका क्रममा जिल्लामा १०  क्रसर र  ३२  बालुवा प्रशोधन उद्योग दर्ता भएकामा क्रसर उद्योग रहेको उनले बताए । जसमध्ये बालुवा प्रशोधनमा दर्ता भएर क्रसर संचालन गरेकाहरुलाई तत्काल बन्द गर्न निर्देशन दिएको उनले बताए ।

कारवाहीमा परेका क्रसर उद्योगहरुमा गणेश बालुवा वासिङ उद्योग, स्वर्गद्वारी स्किन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, केएण्डएस बालुवा प्रशोधन वासिङ उद्योग, मङ्गलम बालुवा प्रशोधन, बगारबाबा बालुवा प्रशोधन उद्योग, पाण्डेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरि एग्रिगेट बालुवा वासिङ उद्योग रहेका छन् । 

१५ दिनभित्र बन्द नगरी अटेर गरेमा  कानूनी कारवाही गरी दर्ता खारेज गरिने प्रजिअ आचार्यले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर