एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

जाजरकोट । विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै चर्चा कमाउन सफल एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ । सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा संस्थाले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको हो । 

आइतबार एक कार्यक्रमका बिच प्रमुख कर अधिकृत श्री डा.राम प्रसाद मैनालीले संस्थालाई सम्मान गरेका हुन् । 

संस्थाले हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु. ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको सूचना अधिकृत प्रह्लाद चन्द्र निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘साथी संगै सवल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर