• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अर्को महिनाबाट अमेरिकाले कोरोना खोप प्रयोगमा ल्याउने

एजेन्सी । अमेरिकी सरकारको कोरोनाभाइरस खोप समूहका प्रमुखले डिसेम्बर महिनाको मध्यतिर ‘आशातित’ रुपले खोपको पहिलो चरणको डोज दिइने बताएका छन् । 

आइतबार डक्टर मोनसेफ स्लाओयीले अमेरिकी सञ्चारमाध्यम सिएनएनसँगको एक अन्तर्वार्ताका क्रममा फिजर र बायोएनटेकले उनीहरुको कोरोनाभाइरस खोपको आपतकालीन प्रयोगका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासनबाट दुई दिनअघि मात्रै स्विकृतिका लागि आवेदन दिएका छन् । 

ती कम्पनीहरुका अनुसार, उनीहरु प्रारम्भिक परीक्षणहरुमा खोप ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । यी कम्पनीहरुलाई अमेरिकी औषधी प्रशासनले आपतकालीन प्रयोगका लागि पहिलो प्राथमिकतामा राखेको छ । 

प्रशासनले खोप सल्लाहकारहर डिसेम्बर ८देखि १० गतेसम्म नयाँ खोपहरुको स्विकृतिका लागि छलफलमा सहभागी हुने बताइउको छ । अर्को खोप कम्पनी मोर्डनाले पनि आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी रहेको बताएको छ । 

‘हाम्रो योजना भनेको स्विकृति पाएको २४ घण्टाभित्र प्रतिरक्षाका लागि खोपलाई पुर्याउन सक्षम हुनु हो,’ स्लाओयीले भने, ‘त्यसैले मलाई आशा छ ११ वा १२ डिसेम्बरमा खोपले स्विकृति पाउनेछ ।’

अमेरिकी अधिकारीको यो भनाई अमेरिकामा एक करोड २० लाख कोरोना संक्रमित नाघेको एकदिन पछि आएको छ । अमेरिकी स्वास्थ्य विशेषज्ञहरुले आगामी महिनाहरुमा स्वास्थ्य प्रणालीहरु कमजोर बन्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर