धरौटीमा छुटेका बलात्कारका आरोपी शिक्षक पुनः पक्राउ

डोटी । जिल्ला अदालत डोटीको आदेशपछि धरौटीमा रिहा भएका केआईसिंह गाउँपालिका–४ झिमेमालिकाका शिक्षक सोपीनाथ भट्ट उच्च अदालतको आदेशले पुनः थुनामा परेका छन् । 

१९ वर्षीया विद्यार्थीलाई ललाई, फकाई बलात्कार गरी गर्भ राखेको आरोपमा पक्राउ परेका भट्टलाई जिल्ला अदालत डोटीले तीन लाख धरौटीमा तारेखमा छाडेको थियो । पीडित बालिकाको गर्भपतन गराएर डिएनए परीक्षणका लागि प्रयोशालामा पठाइएकोमा रिपोर्ट आउनु अगावै उनी छुटेका थिए । 
तर जिल्ला अदालत डोटीको उक्त फैसलाको बदर गर्दै उच्च अदालत दिपायलले भने भट्टलाई पक्राउ गरी कारवाही अगाडि बढाउन आदेश दिएको छ । 

उक्त मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन अध्ययन पश्चात मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी कारवाही अघि बढाउन आदेश दिएको हो । 

गत आइतबार दर्ता भएको पुनरावेदन मुद्दामा सोमबार सुनवाइ गर्दै न्यायाधीश शेषराज शिवाकोटीको एकल इजलासले ३ दिनभित्र सुरुको सक्कल मिसिलसमेत साथै राखी कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको हो । सो अध्ययन पश्चात आरोपित भट्टलाई थुन्न बिहिबार आदेश  दिएको हो । 

बलात्कार आरोपी भट्टलाई बचाउन राजनीतिक दवावको प्रभाव अदालतमा समेत भएको पीडित पक्षको गुनासो छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर