• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कारोनाबाट एकै दिन १६ जनाको मृत्यु 

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट एकै दिन १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको १ हजार ३ सय ३७ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । योसँगै कूल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४३  जनाले कोरोना जितेका छन् । योसँगै कोरोना निको हुनेको कूल संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ । 

आजसम्म १८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १८ हजार ८ सय ८४  जना र ६ सय २९ जना होम क्वारेन्टाइनमा  रहेको मन्त्रालयले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर