• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ललिता निवास प्रकरण : साधारण तारेखमा छुटे पूर्वमन्त्री जोशी

फाइल फाेटाे

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्। सोमबार विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटेका हुन्।  ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउने तीन पूर्वमन्त्री, तीन पूर्वसचिव लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। बालुवाटार जग्गा प्रकरणमा पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्वभौतिक पूर्वाधार सचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितसहित १७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर