• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

देशभरका न्यायलयका  रजिष्ट्रार, श्रेष्तेदार र तहसिलदारहरूको राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । देशभरका न्यायलयका  रजिष्ट्रार, श्रेष्तेदार र तहसिलदारहरूको राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलन सोमबार सुरु भएको हो। सम्मेलनमा विभिन्न विधामा कार्यपत्र पेस हुँदैछन्। 

सम्मेलनको उद्घाटन गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तहगत अदालतका न्यायिक एवम् व्यवस्थापकीय नेतृत्वको समन्वयात्मक र सुझबुझपूर्ण कार्यशैलीले मात्र अदालतको जनाआस्था कायम राख्ने बताए। राणाले युगानुकुल परिवर्तन र नवीन विधिशास्त्रीय मान्यतासहित निर्माण भएका संहिताको कार्यान्वयनमा एकरुपता र प्रभावकारिता ल्याउन व्यवस्थापकीय जिम्मेवारीमा रहने जनशक्तिकै भूमिका रहने भन्दै जनआस्था बढाउने काम गर्न पनि निर्देशन दिए। 

सम्मेलनमा अदालत व्यवस्थापनको प्रभावकारिता, प्रशासकीय नेतृत्वको भूमिका र दायित्व, फरक मुद्दा व्यवस्थापन पद्धति तथा संहिता कानूनको कार्यान्वयन, न्यायपालिकामा सूचना प्रविधिको प्रयोग र प्रभावकारिता, फैसला कार्यान्वयनमा देखिएका समस्या, चनौती तथा भावी कार्यदिशा र न्यायपालिकामा कार्यरत जनशक्तिका सरोकार र अपेक्षा सहितका ५ वटा व्यवस्थापकीय आयाममा छलफल हुँदैछ। 

सम्मेलनमा पर्यवेक्षकका रुपमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनबाट १-१ जना पर्यवेक्षक र सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका ३ जना पर्यवेक्षकको सहभागिता छ। सम्मेलन मंसिर ९ सर्वोच्च अदालतबाट घोषणापत्र जारी गर्दै समापन हुने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर