• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

डाईनामो केभ विरुद्धको टिमबाट कोएम्यानले हटाए मेसी, यस्तो छ खेलाडीको सूची

एजेन्सी । ला लिगामा कमजोर प्रदर्शन गरिरहेको स्पेनिक क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूहचरणका खेलमा सन्तोषजनक प्रदर्शन गरिरहेको थियो । तर यसैबीचमा बार्साका प्रशिक्षक डच रोनाल्ड कोएम्यानले नयाँ प्रयोग गरेका छन् । 

बार्सिलोनाका प्रभावशाली सेन्टर ब्याक जेरार्ड पिके, राईट ब्याक सर्जि रोर्बटो घाईते छन् । स्वारेजको बहिरगमन पनि आक्रमण लाईन पनि प्रभावकारी हुन सकिरहेको छैन । युवा स्ट्राईकर आन्सु फाती पनि घाईते भएका कारण पछिल्लादिनमा मैदान बाहिरै छन् । एन्टोनी ग्रिजम्यानको प्रदर्शन सन्तोषजनक छैन । 

यस्तो बेला प्रशिक्षक कोएम्यानले कप्तान लियोनल मेसीलाई मैदान बाहिर राख्ने भएका छन् । क्लब यस्तो अवस्थाबाट गुज्रिरहेबा बेला मेसीलाई मैदान बाहिर राख्नु ठिक हो कि होईन भन्ने विषयमा प्रशिक्षक कोएम्यानको कदमलाई लिएर प्रश्न उठाईएको छ । मंगलबार राति डाईनामो केभ र बार्सिलोनाबीच डाईनामो केभको घरेलु मैदान युक्रेनमा दोश्रो लेग हुदैछ । 

कोएम्यानले मेसी मात्र होईन, बार्सिलोनामा पछिल्ला दिनहरुमा प्रभावशाली ढंगले मिडफिल्ड सम्हालिरहेका फ्रेन्की डि जोङलाई समेत आराम दिने भन्दै युक्रेन भ्रमण नगराउने भएका छन् । 

यस्तो छ संभावित स्क्वायड लिष्टः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर