• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चीनले चन्द्रमाको ढु‌ंगा र माटोको नमूना संकलनका लागि रकेट पठायो

एजेन्सी । चीनले सोमबार चन्द्रको सतहमा एउटा अन्तरिक्ष यान पठाएको छ । चीनले रोबोटिक च्याङ्ग’इ–५ नामक अन्तरिक्षयान चन्द्रमा तर्फ पठाएको हो । अमेरिका र तत्कालीन सोभियत युनियनले अध्ययनका लागि चन्द्रमाको ढुंगा र माटोको नमूना ल्याएको ४० वर्ष भन्दा बढि भएको छ ।

चीनको दक्षिणमा हेनान टापुको वेनचांग स्पेस साइटबाट सुरूवात गरेको थियो । चिनियाँ सरकारी रकेट प्रक्षेपणको मिडियाले प्रत्यक्ष प्रसारण गरेको थियो। यो अभियान सफल भएमा डिसेम्बरको मध्यमा पृथ्वी फर्किने छ। चन्द्रमाको ढुंगा तथा माटो प्राप्त गर्ने तेस्रो देश बन्ने प्रयासमा चीन रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर