• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोनाका कारण रोकिएको कक्षा १२ को परिक्षा सुरु [फोटोफिचर]

काठमाडौं ।  कोरोनाका कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा मंगलबारबाट सुरु भएको छ ।  देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा अवधि साढे १ घण्टाको तोकिएको छ । 
४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ । परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गरिएको छ भने  मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ ।

केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।  यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ । परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गरेका छन् । परीक्षा १६ गतेसम्म हुने बोर्डले जनाएको छ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो । 

बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ । बोर्डले परीक्षा सकिएको एक साताभित्र सबै उत्तरपुस्तिका परीक्षण गरी अंक पठाउन निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर