किन मारे श्रीमानले श्रीमती ? यस्तो छ घटनाको नालीबेली 

हत्यापछि आफैले प्रहरीलाई खबर गर्न अनुरोध गरे चुणामणिले

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा एक महिलाको हत्या भएको बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले घटनामा संलग्न रहेको भन्दै उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान गर्दै थियो । ति महिलाका श्रीमनलाई पुर्पक्षका लागि जेल चलान समेत गरिसकिएको छ । 

यो घटना सेलाउन नपाउँदै झापाकै कमल गाउँपालिकामा फेरी अर्को घटना भएको छ । झापाको कमल गाउँपालिका ६ जिवनचोकमा खेतीमा गएका समयमा एक पुरुषले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि बिभत्स हत्या गरेका छन् । 

आईतबार साँझ भएको यो घटनामा संलग्न पुरुषलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको दमक प्रहरी प्रमुख प्रहरी नायब उपक्षिक बिजयराज पण्डितले जानकारी दिएका छन् । 

किन मारे श्रीमानले श्रीमती ? यस्तो छ घटनाको नालीबेली 

झापाको दमक नगरपालिका–१ मामाचौक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले २२ बर्ष बैदेशिक रोजगारीमा बिताए । उनले आफ्नो जिवनको उर्जाशिल समय बिदेशमा पसिना बगाए केही धन सम्पत्ति पनि जोडजाम गरेका थिए । जब उनी गत भदौमा स्वदेश फर्किए, त्यसपछि ३७ वर्षीया निजकी श्रीमती टीकामायाले अनेक बहानाबाजी सुरु गर्न थालिन । त्यसपछी उनीहरु गत भदौंदेखि एकै स्थानमा बसेका समेत थिएनन् । चुणामणिले कमल गाउँपालिकका–६ जीवनचोकमा केहि जग्गा समेत जोडेका थिए । 

काम गर्ने कोही नभएपछि उनले धान खेती गर्न अरुलाईनै दिएका थिए । घटना भएको दिन अर्थात आईतबार चुणामणी आफ्ना अरु २ जना नातेदा सहित सो स्थानमा धान जिम्मा लिन पुगेका थिए । उनकी श्रीमतीले पनि आफूलाई धान चाहिने भन्दै उनीसँग केहि समयअघि देखिनै विवाद गर्दै आएकी थिईन । जब चुणामणि धान लिन आफ्नो खेतीमा पुगे । 

त्यसको केहिबेरमै टिकामायापनि सो स्थानमा प्रकाशचन्द्र दाहालको मोटरसाईकलमा चढेर पुगिन । जब त्याहा श्रीमान श्रीमतीको भेट भयो । त्यसपछि चुणमणि र प्रकाशबिच केहि भनाभन समेत भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितले बताए । 

त्यसलगत्तै चुणामणिले आफूले झोलामा बोकेर लुकाईछिपाई लगेको धारिलाे खुकुरी निकालेर प्रकाशलाई टाउकोमा प्रहार गरे । प्रकाशलाई खुकुरी हानेको देखेपछि धान काट्दै गरेकी एक महिलाले हार गुहार गरिन् । त्यतिनै बेला प्रकाश त्यहाँबाट भाग्न सफल भए । उनलाई उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल ल्याईएपनि त्यहाँ उपचार संभव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसि अस्पताल बिर्तामोड लगियो । 

दमक प्रहरी प्रमुख पण्डितले दिएको जानकारी अनुसार अहिले प्रकाशको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । यता प्रकाशलाई खुकुी हानेका चुणामणीले थप आक्रोशमा आए यसलाई पनि सिध्याउँछु भन्दै श्रीमतिमाथि पनि अन्दाधुन्द खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । 

खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै ज्यान गएको थियो । हत्यापछि प्रहरीलाई खबर गर्न चुणमणीकै आग्रह जब चुणमणिले आफ्नी श्रीमतीको हत्या गररे । त्यसपछि त्याहा हो हल्ल र हार गुहारको चित्कार सुनेका गाउँलेहरु भेला भए । 

तर कसैलेपनि चुणमणीको हातमा रगत लत्पतिएको खुकुरी खोस्ने हिम्मत गर्न सकेनन् । बरु चुणामणि आफैले मैले यसलाई मार्नु थियाे, मारे (श्रीमतिको लास देखाउँदै) , म कसैलाई केहि गर्दिन अब प्रहरीलाई खबर गर्दिनुस् भने । त्यसपछि स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराए । प्रहरी घटनास्थलमा पुग्दा चुणमाणिले घटनास्थलमै आफ्नो अपराध स्विकार गरेको दमक प्रहरी प्रमुख पण्डितले बताए । 

घटनाबारे के भन्छ दमक प्रहरी ? 

घटनाको बारेमा हामीले घटनाका बारेमा थप जानकारी लिन ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पण्डितलाई भेट्यौं । उनले यस घटनाको मुख्य कारण पारिबारिक बेमेलनै रहेको अभियुक्तले बयान दिएको बताएका छन् । आफु २२ बर्षजति बिदेशमा बस्दा कमाएको पैषा हिनामिना गरेको र परपुषसँग बढि हिमचिम बढाएको देखेपछि आफुले आबेगमा आएर श्रीमतिको हत्या गरेको चुणमणिले स्विकार गररेको प्रहरी प्रमुख पण्डितले बताए । उनलाई म्याद थपका लागि आज झापा जिल्ल अदालत लगिएको पण्डितले जानकरी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर