• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लेहेङगा–चोली होइन ‘पाइन्ट–सुट’ लगाएर विवाह गरिन् भारतीय बेहुलीले

तस्विर : बिबीसी

एजेन्सी । साधरणतया बेहुली हुँदा भारतीय महिलाहरुले पहिरोनमा साडी–चोलो वा लेहेंगा–चोली लगाउन प्रचालन छ । तर एक बेहुलीले सुट लगाएर विवाह गरेकी छिन् । 

भारतको राजधानी नयाँ दिल्लीमा २९ वर्षीया सञ्जना रिषीले गत २० सेप्टेम्बरमा दिल्लीकै एक व्यापारी ३३ ध्रुव महाजनसँग विवाह गरिन् । उनले हल्का निलो रंगको सुटमा सजिएर बेहुली बनिन् । 

सञ्जना भारतीय–अमेरिकी उद्यमी हुन्, उनी गत वर्षसम्म अमेरिकामा एक सहयोगी वकिलको रुपमा काम गरिन् । त्यसपछि उनी भारत फर्किएपछि प्रेमी महाजनसँग एक वर्षका लागि लिभिङ टुगेदरमा रहेकी थिइन् । 

उनीहरुको पहिलो विवाह गत सेप्टेम्बरमा अमेरिकामा नजिकका साथीभाईबीच हुने र दोश्रो चरणमा भारतीय परम्परामा दिल्लीमा त्यसको अर्को नोभेम्बरमा गर्नुपर्ने थियो । तर कोरोना महामारीकिा कारण योजना अनुसार केही पनि हुन पाएन । 

अमेरिकामा जस्तो भारतमा लिभिङ सम्बन्धलाई त्यति राम्रो मानिन्दैन । त्यसैले उनीहरुलाई साथीभाई, आफन्त तथा छिमेकीहरुबाट सम्बन्धलाई औपचारिकता दिनुपर्ने बाध्यता आइपर्यो । 

‘त्यसपछि गएको अगस्ट महिनाको अन्त्यतिर एक बिहान मैले ध्रुवलाई भने अब विवाह गरौँ । र मलाई थाहा थियो म विवाह पाइन्टसुट नै लगाउने छ,’ उनले बिबीसीसँग भनिन् । 

सञ्जनाको पहिरन भारतीयका लागि बिल्कुलै अनौठो हो । ‘मलाई पर्यावरणीय रुपले दिगो फेसनमा विश्वास गर्छु, र मलाई ‘सेकेन्ड हेन्ड’(पहिला नै प्रयोग गरिसकिएको) कपडाहरु किन्नुमा विश्वास गर्छु’ उनले उक्त सुट धेरै वर्षअघि इटालीमा देखेको बताइन् । 

‘त्यो सन् १९९० मा इटालियन डिजाइनर गियानफ्रान्को फेरीद्धारा बनाइएको थियो । मेरो विवाहसम्ममा पनि उपलब्ध हुनसक्ने सुनेर म अचम्म र खुशी भए,’ सञ्जनाले भनिन्, ‘अमेरिकामा वकिलको रुपमा काम गर्दा सुट मेरो प्राथमिक पहिरन हो र यो साहसी आधुनिक महिलाको प्रतिनिधित्व गर्छ ।’

उनका बेहुला ध्रव महाजनलाई आफ्नी मंगेतरको पहिरन शैलीप्रति कुनै आपत्ति छैन । ‘जतिबेलासम्म म उनीलाई देखिरहेको हुन्छु, उनले के पहिरिन्छिन् भन्नेबारे ध्यान दिन्न । वास्तवमा यसले मलाई फरक पर्दैन कि उनी के लगाउँछिन्, सञ्ज जे लगाउँछिन् त्यसले उनलाई न्याय गर्छ ।’

पश्चिमा देशहरुमा विवाहमा बेहुले लगाउने पहिरनको शैली परिवर्तन भइसकेको छ, जसमा केही वर्षयता पाइन्टसुट निक्कै प्रचलनमा आएको छ । डिजाइनरहरु पनि विवाह पहिरनलाई अझ नयाँ ढाँचा दिन र नयाँ शैली प्रचलनमा ल्याउन प्रयास गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर