• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

बिरामीको शल्यक्रिया गर्न लागेका डाक्टरकै मृत्यु 

काठमाडौं । साउदी अरेबियाको एक सरकारी अस्पतालमा विरामीको शल्यक्रिया गर्न लागेको डाक्टरको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टरको मृत्यु भएको हो ।

शुक्रबार खामित मुशैट सिभिल हस्पिटलमा हृदयाघातको कारण डा. महदी अल इमारीको मृत्यु भएको अल वतन दैनिक वेवसाइटले उल्लेख गरेको छ । 

शल्यकक्षमा शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा उनी अस्वस्थ देखिएपछि सहकर्मीहरुले उनको मुटु जाँच्न लगाएका थिए ।

सुरुम उनको स्वास्थ्य परिक्षण गर्ने भन्दा मानेका थिएनन् । उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै बिरामीको अपरेसन गर्ने अडान राखेका थिए । तर पछि इलेक्ट्रोडायग्राम गर्दा उनलाई हृदयाघात भएको पाइएको अस्पतालले बताएको छ ।

उनले आफू विरामीको शल्यक्रिया गरे वा गरेनन् भन्नेबारे केही खुलाइउको छैन । अस्पताले आफ्नो काम गर्दागर्दै मृत्युलाई प्राप्त गरेको उल्लेख गरेको भने उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर