• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एसोसिएट राष्ट्रका दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का 

काठमाडौं । खेल जगतमा पारस खड्कालाई नचिन्ने को होला र ? साना केटाकेटीदेखि युवा वृद्धको मनमा बस्न सफल छन् पूर्व कप्तान पारस खड्का । सायद त्यसैले हुनसक्छ एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा पनि पारस अटाउन सफल भएका छन् । 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ती उत्कृष्ट खेलाडीहरुको नाम आज सार्वजनिक गरेको ६ जना उत्कृष्ट खेलाडीको सूचीमा पारस पनि अटाएका छन् । नेपालका एक खेलाडीसहित सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी पर्न सफल भएका छन् । 

पारसले सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका थिए । झण्डै एक दशक नेपाली क्रिकेट टिमको नेतृत्व सम्हालेका पारसले गत वर्ष कप्तानी पद छाडेका थिए । 

मनोनयनमा परेका खेलाडीको सूची
काइले कोइटजर      –स्कटल्यान्ड
कुलम म्याक्लोइड     –स्कटल्यान्ड
पारस खड्का            –नेपाल
रिचेइ बेरिङ्टन         –स्कटल्यान्ड
असद भाला               –पपुवा न्युगिनी
पिटर बोरेन                –नेदरल्यान्ड

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर