घटस्थापनाको दिन आयो ‘छक्का पञ्जा ३’  

काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा ३’  बुधबार अर्थात आज घटस्थापनाको दिन देशभर प्रदर्शनमा आएको छ ।

 यो चलचित्रमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको पाइएको छ । जातिय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरुको कथा चलचित्रमा समावेश गरिएको अनुमान गर्न सकिन्छ । 

चलचित्रको टे«लरमा दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ देखिएका छन् । आमा सरस्वती मुभिज र आइएमइएको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन ।

चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन । 

 ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर