• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बालिका हत्याः बर्दिबास प्रदर्शनका घाइतेलाई काठमाडौं ल्याइँदै

बर्दिबास । बालिका हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा प्रहरीको गोली लागि घाइते भएकामध्ये दुई जनालाई काठमाडौं ल्याइदैछ । प्रदर्शनमा उत्रिएका आक्रोशित भीडलाई तितर–वितर पार्न प्रहरीले गोली चलाएको थियो । सो क्रममा सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका थिए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टरमा काठमाडौँ पठाउन लागिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टिका बहादुर केसीले जानकारी दिए । उनका अनुसार गोली लागेका श्याम कार्की र अर्का एक जनालाइ थप उपचारका लागि काठमाडौ पठाउन लागिएको हाे ।

आइतबारसाँझदेखि वेपत्ता भएकी बर्दिबास नगरपालिका वडा नं. १४ शुभम् वस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन सोमबार मध्यरातमा बोलाभित्र मृत फेला परेकी थिइन् । त्यसपछि आक्रोशित बनेको स्थानीयको भीडले मंगलबार विहान ७ बजेदेखि पूर्व–पश्चिम राजमार्गमा अवरोध गरी प्रदर्शन सुरु गरेको थिए ।

बालिकाको बलात्कार गरी हत्या गरेको भन्दै शव लिएर सडकमा प्रर्दश गरी रहेको छन् । प्रदर्शनकारीले हत्या अरोपितको घरमा समेत आगजनी गरेका छन् । 

भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, हवाई फायर समेत गरेको थियो । ढुंगामुढा गर्दै उत्रिएका भीडलाई तितर–वितर बनाउने क्रममा प्रहरीले हवाई फायर समेत गरेको थियो । सोही क्रममा तीन जना घाइते भएका हुन् । आइतबार साँझदेखि बेपता भएकी  भएकी थिइन् ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर