• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

यसै वर्ष एक खर्ब डलर सम्पति जोडेसँगै विश्वको दोश्रो धनी व्यक्ति बने एलन मस्क

एजेन्सी । बिल गेट्सलाई उछिन्दै अर्बपति उद्यमी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । 

ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो । यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । 

सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ । गत जनवरीमा ब्लूमबर्गको पाँचसय सबैभन्दा धनी मानिसको सूचीमा एलन मस्क ३५औं स्थानमा थिए ।

बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर