• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रधानमन्त्रीको प्रस्तावमा पनि छलफल हुन्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सहमतिमै टुंगोमा पुग्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले समस्याको निकास छलफलबाट नै हुने हुनाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमै छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्न तयार हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । 
आगामी मंसीर १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उक्त विषयमा पनि छलफल गरेर नै साझा निष्कर्ष निकालिने बताए ।

अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने भन्दै उनले भने, ‘कमरेड ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गरी निस्किएको निष्कर्षलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकमा लैजाने हो । पार्टीले विधि र पद्धतिका आधारमा निर्णय गर्छ ।’

अध्यक्षद्वय प्रस्तुत प्रतिवेदनको निष्कर्षमा पनि अल्पमत र बहुमतको स्थिती आए बहुमतकै आधारमा निर्णय हुनु विधानसम्मत पद्धति रहेको उल्लेख गरे । कुनै पनि हातमा पार्टी नफुट्ने पनि प्रष्ट पारे । उनले भने, ‘पार्टी एकता भंग हुँदैन, अध्यादेश ल्याएर पार्टी फुटाउने कोशिस भइहालेमा त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्नेछ ।’ उनले पार्टी फुट्ने नभई चोइटिन सक्ने सम्भावना रहेको समेत उल्लेख गरे । 

केही दिनअघि सचिवालय बैठकमा नै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीविरुद्ध दर्जन बढी आरोपसहितको राजनीतिक प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले त्यसको जवाफ १० दिनका लागि १० दिन समय मागेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर