४३ वर्षको उमेरमा कोरियोग्राफर फराह खानको आमा बन्ने त्यो निर्णय, भन्छिन्–‘मलाई यस कुरामा गर्व छ’

मुम्बई । भारतीय चर्चित कोरियोग्राफर तथा फिल्ममेकर फराह खानले ४३ वर्षको उमेरमा आमा बन्ने निर्णय गरेकी थिइन् । उनले भिट्रो फर्टिलाजेसन विधिबाट बच्चालाई जन्म दिएकी हुन् । उनले लिएको यस निर्णयमा ओपन लेटर लेखेर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । 

फराह खान अन्या र कजार र डीवा तीन बच्चाकी आमा हुन् । उनका तीनै सन्तान तिम्ल्याह हुन् । उनीहरु १२ वर्षका भएका छन् । 

ओपन लेटरमा फराहले लेखेकी छन्–‘एक छोरी पत्नी र आमाको नाताले मैले जस्तो प्रकारको निर्णय गरे त्यही कारण म कोरियोग्राफर, फिल्ममेकर तथा फिल्म निर्माता बने । हरेक समय मलाई मेरो मनको कुरा सही लाग्यो अनि मनकै आवाज सुने । हामी मानिसहरुको कुरा धेरै सुन्छौँ जसको कारण हामी बिर्सन्छौ कि यो हाम्रो जिन्दगी हो । त्यसैले हरेक कुरा निर्णय गर्ने अधिकार हामीलाई नै छ । ’

‘ म आज मेरो निर्णयको कारण तीन बच्चाको गौरभाविन्त आमा बनेको छु । म त्यतिबेला आमा बनि जब म तयार थिए । समाजले मलाई आमा बन्ने समय भयो । यो सहि उमेर हो भन्ने कुरालाई बेवास्ता गरेँ । विज्ञानलाई धन्यबाद, याे उमेरमा पनि म भिट्रो फर्टिलाइजेसनबाट  बच्चा जन्माउन सफल भएँ । आज धेरै महिलाहरुले यस्तो प्रकारकाे निर्णय गरिरहेको देख्दा खुसी लाग्छ । ’

फेरी लेख्छिन्–‘मैले हालसालै सोनी टिभीको सो स्टोरी ९ मन्थ्सको बारेमा थाहा पाएँ । जसले एक सकरात्मक प्रतिक्रिया दिइरहेको छ । प्रेम विना बिवाह हुन्छ भने पति विना आमा किन हुन सकिन्न ? मैले लिएको निर्णयमा मलाई गर्व छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर