• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

रुसको कोभिड–१९ खोपको मूल्य २० डलरभन्दा कम पर्ने, रुसी नागरिकका लागि निशुल्क

एजेन्सी । रुसले बनाएको कोभिड–१९ खोप ‘स्पुटनिक–भी’ अन्तर्राष्ट्रिय बजारमा प्रति डोज २० डलर (करिब २ हजार रुपैयाँ)भन्दा कम पर्नसक्ने बताइएको छ । 

खोप कम्पनीको आधिकारिक ट्विटर अकाउन्टबाट जारी एक विज्ञप्ति अनुसार, उक्त खोप रुसी नागरिकका लागि निशुल्क हुनेछ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार, रुसी सरकारको सार्वभौम धन कोषका प्रमुख किरिल डिमित्रिभले स्पुटनिक–भीले मंगलबार समान स्तरमा प्रभावकारी प्रतिस्पर्धामा रहेका खोपको तुलनामा मूल्य कम पर्ने बताएका छन् । 

विश्वव्यापी महामारीका बीच विभिन्न ओषधी उद्योग तथा कम्पनीहरुले आ–आफ्ना खोपको सकारात्मक प्रारम्भिक परीक्षण चरणबारे बताइरहेका बेला रुसको यस्तो भनाई आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर