काम नगरेपछि नेपाल टेलिकम र कृषि विकास बैंकको विज्ञापन हटाइयो 

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका क्षेत्रमा नेपाल टेलिकम र कृषि विकास बैंकको विज्ञापन होर्डहरु हटाएको छ । उक्त क्षेत्रका सडक, आइल्याण्ड र बिजुलीको पोलमा टाँगिएका विभिन्न विज्ञापन बोर्डहरु आज हटाइएको हो । 

ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि महागरले उक्त क्षेत्रका विज्ञापन बोर्डहरु हटाइएकाे हाे । 

महानगरले गत ८ मंसिरमा माइतीघर मण्डला क्षेत्रको व्यवस्थापनको जिम्मा कृषि विकास बैङ्कलाई दिएको थियो । माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो ।

माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो भने माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापनकाे भने नेपाल टेलिकमले ।  दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाको भनाइ छ ।
बैंक र टेलिकमले नै सम्झौता अनुसार काम नगरेको तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर