कोरोना सङ्क्रमित मन्त्रीलाई काठमाडौँ ल्याइयो

वाग्मती ।  वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । 

कोरोना सङ्क्रमणका कारण बिरामी परेका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा ल्याइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए । सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँल् याइएको सचिवालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर